काठमाडौं । बुधबार अमेरिकी डलरसहित अन्य देशको विनियमदर बढेको छ। आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ०१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ६१ पैसा तोकिएको छ ।
एक अस्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्रीदर ९० रुपैयाँ ४१ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ७२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ५७ पैसा तोकिएको छ।
यस्तै एक युरोको खरिददर १ सय ४१ रुपैयाँ ८५ पैसा रहेको छ भने बिक्रीदर १ सय ४२ रुपैयाँ ५८ पैसा रहेको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ४२ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ५७ पैसा तोकिएको छ ।
एक साउदी रियालको खरिददर ३१ रुपैयाँ २० पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ३६ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ १३ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ३० पैसा तोकिएको छ ।
त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८८ रुपैयाँ ८२ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९० रुपैयाँ ८१ पैसा तोकिएको छ। एक बहराइन दिनारको खरिददर ३ सय १० रुपैयाँ ४० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ११ रुपैयाँ ९९ पैसा तोकिएको छ।
कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ४६ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ५२ पैसा तोकिएको छ । जापानी यनको खरिददर १० रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ६८ पैसा तोकिएको छ ।