२० मंसिर २०८२, शनिबार
,
Latest
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोबाइल धेरै वर्ष टिकाउनको लागि यसरी राख्नुस् आफ्नो मोवाइल सुरक्षित !



अ+ अ-

काठमाडौं । यो जमाना भनेको टेक्नोलाजिको हो । हरेक व्यक्तिको हातहातमा मोवाइल रहन्छ । अहिले त एक व्यक्तिको एक होइन, विभिन्न ब्रान्डका २–३ वटा मोबाइल हुन थालेका छन् । तर, हजारौं मूल्यका यी सामग्री सामान्य कुरामा ख्याल गर्न नसक्दा चाँडै बिग्रन सक्छन् । केही त्यस्ता सामान्य कुरा, जसको ख्याल गर्ने हो भने हाम्रो मोबाइल धेरै वर्ष टिक्न सक्छ ।

१) स्क्रिन सधैँ सफा गर्नुपर्छ । हामीले स्क्रिन सफा गर्दा जस्तो पायो त्यस्तै कपडा र सामग्रीले सफा गर्छौँ, यसो गर्नु हुन्न । सकेसम्म नरम कपडाले स्क्रिन सफा गर्नुपर्छ ।

२) हामी जति वेला पनि वाइफाई खोलेर राख्छौँ । कामका वेला मात्रै वाइफाई खोल्नुपर्छ । जति वेला पनि खोल्दा भाइरस छिर्नेलगायत समस्या उत्पन्न हुन सक्छन् ।

३) ब्याट्रीलाई सधैं फुल चार्ज गरेर मात्रै चलाउनु पर्छ ।

४) युएसबी चार्जिङ पोर्ट सधैँ सफा गर्नुपर्छ । हामी कोही पनि यस विषयमा ख्याल गर्दैनौँ । मोबाइलभित्र अत्यधिक फोहोर हुने पहिलो कारण भनेकै यही हो ।

५) मोबाइलमा भएका टेम्पोररी (क्यास) क्लियर गर्नुपर्छ । नत्र, मेमोरी फुल हुँदै जान्छ र ह्याङ हुने तथा बिग्रने समस्या बढ्दै जान्छ ।

६) स्क्रिनको सुरक्षाका लागि स्क्रिन कार्ड लगाउनुपर्छ । यसले मोबाइलको स्क्रिनलाई फुट्नबाट बचाउँछ ।

७) मोबाइलको चार्जिङ भोल्टेज डिसी फाइभ भोल्टेजको प्रयोग गर्नुपर्छ । यो चार्जरमा लेखेको हुन्छ । तर, कसैले पनि यो कुराको ख्याल गरेको पाइँदैन । त्यसले गर्दा मोबाइलमा आवश्यकभन्दा बढी चार्ज छिर्न सक्छ र मोबाइल बिग्रन सक्छ ।

८) फुलेको ब्याट्री कहिल्यै प्रयोग गर्नु हुँदैन । फुलेको ब्याट्री प्रयोग गर्दा मोबाइल पड्कन सक्छ ।

९) मोबाइल कभर लगाउनुपर्छ । यसले मोबाइल हातबाट झर्‍यो भने सुरक्षित हुन्छ ।

१०) मोबाइललाई तरल पदार्थबाट टाढै राख्नुपर्छ । यो इलेक्ट्रोनिकको भाइरस हो । मोबाइलमा तरल पदार्थ छिर्नु भनेकै मोबाइल बिग्रनु हो । (एजेन्सीको सहयोगमा)