२७ भाद्र २०८३, शनिबार
,
Latest
अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिसी प्रिमियर कपः सेमिफाइनलमा पुग्न युएईलाई १ सय १७ रनको सामान्य लक्ष्य



अ+ अ-

काठमाडौं । एसिसी प्रिमियर कपमा युवा स्पिनर आयन खानको घातक बलिङमा युएईले सेमिफाइनलको यात्रा तय गर्न १ सय १७ रनको सामान्य लक्ष्य पाएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको बहराइन ४०.५ ओभरमा १ सय १६ रन बनाउदै अल आउट भयो । एक समय ८०–९ को दयनिय अवस्थामा पुगेको बहराइनलाई अली दाउद र वासिक अहमदले ३६ रनको साझेदारी गर्दै एक सय रनको योगफल बनाए ।

बहराइनका अली दाउद ४७ बलमा १ चौका र १ छक्कासहित २३ रनमा नटआउट रहे । कप्तान हैदर अली बटले ४९ बलमा ४ चौकासहित २३ रन बनाउदा वासिक अहमद १२ रनमा आउट भए । बहराइनका अन्य खेलाडिका प्रदर्शन भने राम्रो हुन सकेन।

युएईका स्पिनर आयन खानले १० ओभरमा ७ मेडनसहित ६ रन खर्चेर ४ विकेट लिए । उनले ६० बलमा ५५ डट बल फ्याकेका थिए । रोहन मुस्तफाले १० ओभरमा ४ मेडनसहित १६ रन खर्चेर २ विकेट लिए । यस्तै, कार्तिक मयाप्पनले पनि १० ओभरमा ४८ रन खर्चेर २ विकेट लिए । जहुर खानले एक विकेट लिए ।

समूह बी मा रहेको युएई ३ खेलमा २ जित र १ हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । बहराइन ३ ओभरमा १ मा जित र १ मा हारसहित ३ अंकका साथ चौथो स्थानमा छ । युएई आजको खेलमा विजयी भए सेमिफाइनलमा पुग्नेछ ।