९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन

गुजरातद्वारा मुम्बई ५५ रनले पराजित

गुजरातद्वारा मुम्बई ५५ रनले पराजित
अ अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ अन्तर्गत आधा चरण पार भइसकेको छ । सबै टोलीले सात खेल खेलेका छन् । चेन्नई र गुजरातको १० अंक छ भने चार टोलीको ८ अंक छ । एउटा टोलीले छ र तीन टोलीले चार अंक जोडेका छन् ।

मंगलबार गुजरात टाइटन्सले आफ्नो सातौं खेलमा मुम्बई इन्डियन्सलाई ५५ रनले पराजित गर्दै यो सिजन १० अंक जोड्ने दोस्रो टोली बनेको छ । यो सिजनमा ५०ं रन माथिको चौथो जित हो । लिगको इतिहासमा नवौं पटक मुम्बईले २००ं रनको लक्ष्य पछ्याउन असफल भएको छ ।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा मुम्बईका कप्तान रोहित शर्माले टस जितेर बलिङ गर्ने निर्णय गरे । पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर २०७ रन बनाएको थियो । जवाफमा मुम्बई इन्डियन्सका ब्याट्सम्यानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५२ रन मात्र बनाउन सके । खेलको प्लेयर अफ द म्याच गुजरातका अभिनव मनोहर भए । उनले २१ बलमा ४२ रन बनाए ।

२०८ रनको लक्ष्य पछ्याएको मुम्बईको सुरुवात सुस्त रह्यो । टोलीले पहिलो ६ ओभरमा २९ रन मात्र जोडेको थियो । यो सिजनको दोस्रो कम स्कोरिङ पावरप्ले थियो । यति मात्र होइन, टोलीले लगातार विकेट गुमाउँदै गयो । तल्लो मध्यक्रममा सबैभन्दा ठूलो साझेदारी ४५ रनको थियो ।

यसअघि गुजरातका ओपनर शुभमन गिल ९५६ रन०ले सिजनको तेस्रो अर्धशतक बनाएका थिए । गिलका अलावा डेभिड मिलनले ४६ र अभिनव मनोहरले ४२ रन बनाए । राहुल तेवाटियाले ५ बलमा २० रनको योगदान दिए ।

मुम्बईका पियुष चावलाले दुई विकेट लिए । अर्जुन तेन्दुलकर, जेसन बेहरेनडोर्फ, रिले मेरिडिथ र कुमार कार्तिकेयले एक एक विकेट लिए ।

मुम्बईका लागि नेहलले काउन्टर इनिङ्समा सर्वाधिक ४० रन बनाए । क्यामरन ग्रीनले ३३ र सूर्यकुमारले २३ रन जोडे । मुम्बईको ओपनिङ असफल भयो । टोलीका दुवै ओपनर ४३ रनको स्कोरमा प्याभिलियन फर्किएका थिए । रोहित शर्मा २ र इशान किशन १३ रन बनाएर आउट भए । तिलक वर्मा (२ रन)ले आफ्नो विकेट गुमाएपछि विकेट झर्ने क्रम यहीँ रोकिएन । मुम्बईबाट ५०ं माथिको एउटा पनि साझेदारी भएन । टोलीबाट सबैभन्दा ठूलो साझेदारी तल्लो मध्यक्रममा नेहल र पियुषबीच ४५ रनको थियो ।

नूर अहमदले तीन विकेट लिए । राशिद खान र मोहित शर्माले दुई–दुई सफलता हात पारे ।

योसँगै गुजरातले अंक तालिकामा चेन्नईलाई बराबरी गर्दै प्लेअफमा पुग्ने दाबी बलियो बनाएको छ । अंक तालिकामा गुजरात र चेन्नईको समान १० अंक भए पनि राम्रो रनरेटका आधारमा चेन्नई शीर्ष स्थानमा छ ।

आजको खेलः रोयल च्यालेन्जर्स बैंगलोर भर्सेस कोलकाता नाइट राइडर्स, साँझ ७ः४५ बजे