२७ भाद्र २०८३, शनिबार
,
Latest
अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिसी प्रिमियर कपः सिंगापुरलाई हराएसँगै कुवेतको सेमिफाइनलमा पुग्ने सम्भावना मजबुत



अ+ अ-

काठमाडौं । एसिसी प्रिमियर कपमा कुवेतले सिंगापुरलाई ४ विकेटले हराएको छ । टियु क्रिकेट मैदानमा कुवेतले दोस्रो जितका साथ सेमिफाइनल खेल्ने सम्भावना मजबुत बनाउँदा सिंगापुर जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

जितको लागि १ सय १४ रनको सामान्य लक्ष्य पाएको कुवेतले २६.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । कुवेतको जितमा मित भावसर ५० बलमा १ चौका र १ छक्कासहित २७ रनमा अविजित रहे । उनले स्पिनर अक्षर पुरीको बलमा छक्का हान्दै खेल सकाएका थिए ।

यस्तै, यासिन पटेल २१ रनमा अविजित रहँदा कुवेतका ओपनर अद्नान इद्रिसले सर्वाधिक ३८ रन बनाए । रविजा सनदरुवान ५, कप्तान मोहम्मद अस्लाम ९ र शिराज खान १० रन
बनाएर आउट भए ।

सिंगापुरको लागि बलिङ गरेका अक्षर पुरी र विनोथ भास्करनले समान २र २ विकेट लिए । यस्तै, आदित्य भर्गव र थिलिपनले समान एक विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सिंगापुर ३१.४ ओभरमा १ सय १३ रनमा अल आउट भएको थियो । सिङ्गापुरका लागि सुरुआती ब्याट्सम्यान अर्मत्य कौलले सर्वाधिक ४५ रनको योगदान दिएका थिए । उनले ६० बल नौ चौकाको मद्दतमा ४५ रन बनाएका थिए ।

त्यसैगरी मनप्रित सिंहले ४४ बलमा २८ रन बनाए भने थिलिपन उमरदुराईले १३ रन जाडे । त्यसबाहेक सिङ्गापुरका अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

सिङ्गापुरलाई सहजै समेट्ने क्रममा कुवेतका कप्तान मोहम्मद अस्लाम एक्लैले पाँच विकेट लिएका थिए भने शिराज खानले तीन विकेट झारे । त्यस्तै यासिन पटेल र अद्नान इड्रिसले समान एक एक विकेट लिए ।

समूह बी मा रहेको कुवेत ३ खेलमा २ जित र १ हारसहित ४ अंकका साथ तेस्रो स्थानमा छ । कुवेतले अन्तिम खेलमा बिहीबार हङकङसँग मुलपानी मैदानमा खेल्नेछ । उक्त खेलमा विजयी भएमा सेमिफाइनलको यात्रा तय गर्नेछ । पराजित भएमा वा अंक बाँडेको खण्डमा भने बाहिरिनेछ ।

समूह बी मा हङकङ ३ खेलमा ५ अंकका साथ शीर्ष स्थानमा छ । युएई ३ खेलमा २ जित र १ हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । बहराइन ३ खेलमा १ जित, एक हार र एक खेलमा अंक बाँड्दै ३ अंकका साथ तेस्रो स्थानमा छ।

समूह ए बाट ३ खेलमा ५ अंकका साथ नेपाल सेमिफाइनलमा पुगि सकेको छ । समूह ए बाट साउदी अरेविया र ओमानबीचको विजेता सेमिफाइनलमा पुग्नेछ ।