२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिसी प्रिमियर कपः सिङ्गापुरले कुवेतलाई जितका लागि ११४ रनको सामान्य लक्ष्य दियो



अ+ अ-

काठमाडौँ । राजधानीमा जारी एसिसी प्रिमियर कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सिङ्गापुरले कुवेतलाई जितको लागि ११४ रनको सामान्य विजयी लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सिङ्गापुरले ३१ दशमलब चार ओभरमा सबै विकेट गुमाउँदै ११३ रनको योगफल बनाएको हो ।

सिङ्गापुरका लागि सुरुआती ब्याट्सम्यान अर्मत्य कौलले सर्वाधिक ४५ रनको योगदान दिए । उनले ६० बल नौ चौकाको मद्दतमा ४५ रन बनाएका हुन् । त्यसैगरी मनप्रित सिंहले ४४ बलमा २८ रन बनाए भने थिलिपन उमरदुराईले १३ रन जाडे । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

सिङ्गापुरलाई सहजै समेट्नेक्रममा कुवेतका कप्तान मोहम्मद अस्लाम एक्लैले पाँच विकेट लिए भने शिराज खानले तीन विकेट झारे । त्यस्तै यासिन पटेल र अद्नान इड्रिसले समान एक एक विकेट लिए ।

समूह बी मा रहेको सिङ्गापुर तीन खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ । कुवेत भने दुई खेलमा एकमा जित र एक खेलमा हार बेहोरदै दुईअङ्कका साथ अङ्कतालिकाको चौँथो स्थानमा छ ।