२७ भाद्र २०८३, शनिबार
,
Latest
अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिसी प्रिमियर कपः सिङ्गापुरले कुवेतलाई जितका लागि ११४ रनको सामान्य लक्ष्य दियो



अ+ अ-

काठमाडौँ । राजधानीमा जारी एसिसी प्रिमियर कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सिङ्गापुरले कुवेतलाई जितको लागि ११४ रनको सामान्य विजयी लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सिङ्गापुरले ३१ दशमलब चार ओभरमा सबै विकेट गुमाउँदै ११३ रनको योगफल बनाएको हो ।

सिङ्गापुरका लागि सुरुआती ब्याट्सम्यान अर्मत्य कौलले सर्वाधिक ४५ रनको योगदान दिए । उनले ६० बल नौ चौकाको मद्दतमा ४५ रन बनाएका हुन् । त्यसैगरी मनप्रित सिंहले ४४ बलमा २८ रन बनाए भने थिलिपन उमरदुराईले १३ रन जाडे । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

सिङ्गापुरलाई सहजै समेट्नेक्रममा कुवेतका कप्तान मोहम्मद अस्लाम एक्लैले पाँच विकेट लिए भने शिराज खानले तीन विकेट झारे । त्यस्तै यासिन पटेल र अद्नान इड्रिसले समान एक एक विकेट लिए ।

समूह बी मा रहेको सिङ्गापुर तीन खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ । कुवेत भने दुई खेलमा एकमा जित र एक खेलमा हार बेहोरदै दुईअङ्कका साथ अङ्कतालिकाको चौँथो स्थानमा छ ।