४ पुष २०८२, शुक्रबार
,
Latest
हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनको शाङ्सीमा खानी दुर्घटनामा ११ जनाको मृत्यु



अ+ अ-

टाइयुआन । चीनको उत्तरी क्षेत्रस्थित शाङ्सी प्रान्तको एक फलाम खानीमा बाढीको पानी पसेर दुर्घटना हुँदा कम्तीमा ११ जना मजदुरको मृत्यु छ । स्थानीय अधिकारीहरुका अनुसार बाढीमा फसेका अन्य व्यक्तिको खोज तथा उद्धार कार्य अझै जारी रहेको छ । 

डाइक्सिन काउन्टीको सूचना कार्यालयले बिहीबार करिब एक बजे फलाम खानीको एउटा कुवामा पानी पसेको जनाएको छ । यसअघि उक्त खानी भित्र १३ जना हराइरहेको अनुमान गरिएको थियो । 

खानीभित्र थुनिएका मजदूर रहेको स्थानबाट पानी बाहिर निकालिएको पनि उक्त कार्यालयले जनाएको छ । खानीको हिलो र माटोमा पुरिएको आशंका गरिएका अरु तीन जना मजदूरको खोजी जारी रहेको छ । स्थानीय उद्धार कार्यालयले उक्त घटनाको छानबिन शुरु भइसकेको जनाएको छ । 

खानी मजदूरको शव निकाल्ने क्रममा उद्धारकर्मीले टनेलभित्र ठूलो संख्यामा फ्युज, डेटोनेटर र बिस्फोटक पदार्थ भेटिएको बताएका छन् । बिस्फोटक पदार्थ डिस्पोजल गर्ने विज्ञहरुको टोली पनि उक्त खानीमा पठाइएको छ । बुधबार बिहानैदेखि भइरहेको भारी वर्षाका कारण उद्धार कार्यमा कठिनाई भइरहेको छ । (रासस–सिन्ह्वा)