१३ आश्विन २०८१, आईतवार
,
Latest
बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियाबाट ७ पदक जितेर फर्के नेपाली खेलाडी



अ+ अ-

काठमाडौँ । अष्ट्रेलियाको पर्थमा भएको विश्व अंग प्रत्यारोपण खेलकुद २०२३ मा नेपालको तर्फबाट सहभागी खेलाडीहरुले ३ रजत ४ कास्य पदक जितेर स्वदेश फर्केका छन्।

यही वैशाख २ गतेदेखि ८ गतेसम्म भएको प्रतिस्पर्धामा गीता श्रेष्ठले ३० देखि ३९ वर्ष उमेर समूहको हाइजम्पमा रजत पदक तथा ४ मिटर हाइजम्प र १०० मिटर दौडमा कास्य पदक प्राप्त गरेकी थिइन् ।

त्यस्तै विष्णुलाल श्रेष्ठले ५० देखि ५९ वष्र्ष समूहको हाइजम्पमा १ रजत एवं १०० मिटर दौड र लङजम्प गरी दुईवटा कास्यपदक जितेका छन्। असिम लम्सालले ८०० मिटर दौडमा रजत पदक जितेका छन्।

नेपाली खेलाडीले पर्थमा भएको अन्तर्राष्ट्रिय खेलकुदमा ७ वटा पदक हात पारेका हुन् । पर्थमा विश्वभरका ४८ देशबाट विभिन्न अङ्ग प्रत्यारोपण गरेका ३ हजार र अंगदान गर्ने १२ सयजना खेलाडीहरूको सहभागिता रहेको थियो । अर्को संस्करण २०२५ मा जर्मनीमा हुने भएको छ।