२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल आजः पुछारका दुई टोली हैदरावाद र दिल्ली भिड्दै



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत आज अंक तालिकाको पुछारमा रहेका दुई टोलीबीच खेल हुँदैछ । दिल्ली क्यापिटल्स (डिसी) र सनराइजर्स हैदरावाद (एसआरएच) बीचको खेल हैदरावादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा साँझ ७ः४५ बजे सुरु हुनेछ ।

दिल्लीले आफ्नो अन्तिम खेलमा सिजनको पहिलो जित दर्ता गरेको थियो । उता, हैदरावादले पछिल्ला २ खेलमा हार बेहोरेको छ ।

हैदरावादले प्रतियोगितामा ६ खेल खेलेको छ, जसमा ४ हार र २ मा मात्रै जित निकालेको छ । टोली ४ अंकसहित अंक तालिकाको नवौं स्थानमा छ । हैदरावाद पछिल्लो २ खेलमा चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्ससँग पराजित भएको थियो । आजको खेल जितेर टोली केकेआरलाई पछि पारेर ८ औं स्थानमा पुग्न सक्छ ।

दिल्लीविरुद्धको टोलीका ४ विदेशी खेलाडीमा हेनरिक क्लासेन, मार्को जेन्सेन, ह्यारी ब्रुक र एडेन मार्कराम हुन सक्छन् । यी बाहेक हैदरावादले मयंक अग्रवाललाई फेरि ओपनिङ गराउन सक्छ ।

दिल्ली क्यापिटल्सले लगातार ५ हारबाट प्रतियोगिताको सुरुआत गरे पनि अन्तिम खेलमा कोलकातालाई पराजित गर्दै आफ्नो जितको खाता खोलेको थियो । उ आफ्नो जितको सिलसिला कायम राख्न चाहन्छ । हैदरावादलाई ठूलो अन्तरले हराएको खण्डमा टोली ४ अंक जोडेर ८ औं स्थानमा पुग्न सक्छ ।

डेभिड वार्नर, एनरिक नोर्ट्या, मिचेल मार्स र फिल साल्ट एसआरएच विरुद्धको टोलीका ४ विदेशी खेलाडी हुन सक्छन् । यी बाहेक, टोलीले आफ्नो विजयी संयोजनमा कुनै परिवर्तन गर्न चाहँदैन ।

हेड टु हेड रेकर्डको कुरा गर्ने हो भने प्रायः दुई टोलीबीच प्रतिस्पर्धात्मक लडाई हुने गरेको छ, तर पछिल्ला ४ खेलमा दिल्लीले मात्र जित हासिल गरेको छ । समग्र कीर्तिमानको कुरा गर्ने हो भने यी दुईबीच २१ खेल खेलिएको छ । हैदरावाद ११ मा र दिल्ली १० मा विजयी भएको छ ।

हैदरावादको पिचले सामान्यतया ब्याट्सम्यानलाई मद्दत गर्छ । यहाँ टी–२० मा औसत स्कोर १७८ रहेको छ । यहाँ स्पिनरहरू भन्दा तेज बलहरू बढी प्रभावकारी छन् । टस जित्ने टोलीले अन्य स्थानमा जस्तै पहिले बलिङ गर्न चाहन्छ ।

आज हैदरावादमा पानी पर्ने सम्भावना छ । रातको तापक्रम पनि २५ देखि २९ डिग्री सेल्सियसको बीचमा रहनेछ । बादल नलागेको खण्ड मात्र खेल सम्भव हुनेछ ।

दुबै टिमका सम्भावित सुरुवाती – ११
सनराइजर्स हैदरावादः एडेन मार्कराम (कप्तान), ह्यारी ब्रुक, मयंक अग्रवाल, राहुल त्रिपाठी, हेनरिक क्लासेन (विकेटकिपर), अभिषेक शर्मा, वाशिंगटन सुन्दर, मार्को जानसेन, भुवनेश्वर कुमार, उमरान मलिक र मयंक मार्कंडे ।

दिल्ली क्यापिटल्सः डेभिड वार्नर (कप्तान), मनिष पाण्डे, मिचेल मार्स, फिल साल्ट (विकेटकिपर), ललित यादव, अमन खान, अक्षर पटेल, एनरिक नोर्त्या, कुलदीप यादव, इशान्त शर्मा र मुकेश कुमार ।

अंकतालिकाः