२० मंसिर २०८२, शनिबार
,
Latest
आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीका मुख्यमन्त्री गिरीले दोस्रोपटक विश्वासको मत लिँदै



अ+ अ-

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले सोमबार दोस्रोपटक विश्वासको मत लिँदैछन् ।

पुस २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलको नेता गिरीले माघ ५ मा विश्वासको मत पाएका थिए । तर, पछि माओवादी काङ्ग्रेसको सरकार बन्दा ५ दलले उनीमाथिको समर्थन फिर्ता लिएपछि गिरी अल्पमतमा परेका हुन्।

८७ सदस्यीय प्रदेशसभामा अहिले एमालेको २९ सांसद र राप्रपाको ४ सांसद सरकारमा छन् ।

विपक्षमा रहेका सत्ता गठबन्धनका ५३ सांसदले कांग्रेस दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी गरिसकेका छन् । विश्वासको मत लिनुअघि मुख्यमन्त्री गिरीले माओवादीसहित अन्य दलहरुसँग छलफल गरेपनि विश्वासको मत दिनेबारे कुनै सहमति भएको छैन ।

आइतबार भएको एमाले संसदीय दलको बैठकले आज सदनमा विश्वासको मत माग्ने निर्णय गरेको थियो । संसदीय दलको बैठकले सबै दलसँग प्रदेशको स्थायित्वको लागि आग्रह गर्ने र सम्भावना नभए धारा ३ अनुसार सरकार गठन प्रकृयामा जाने निर्णय गरेको थियो ।