६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीका मुख्यमन्त्री गिरीले दोस्रोपटक विश्वासको मत लिँदै



अ+ अ-

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले सोमबार दोस्रोपटक विश्वासको मत लिँदैछन् ।

पुस २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलको नेता गिरीले माघ ५ मा विश्वासको मत पाएका थिए । तर, पछि माओवादी काङ्ग्रेसको सरकार बन्दा ५ दलले उनीमाथिको समर्थन फिर्ता लिएपछि गिरी अल्पमतमा परेका हुन्।

८७ सदस्यीय प्रदेशसभामा अहिले एमालेको २९ सांसद र राप्रपाको ४ सांसद सरकारमा छन् ।

विपक्षमा रहेका सत्ता गठबन्धनका ५३ सांसदले कांग्रेस दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी गरिसकेका छन् । विश्वासको मत लिनुअघि मुख्यमन्त्री गिरीले माओवादीसहित अन्य दलहरुसँग छलफल गरेपनि विश्वासको मत दिनेबारे कुनै सहमति भएको छैन ।

आइतबार भएको एमाले संसदीय दलको बैठकले आज सदनमा विश्वासको मत माग्ने निर्णय गरेको थियो । संसदीय दलको बैठकले सबै दलसँग प्रदेशको स्थायित्वको लागि आग्रह गर्ने र सम्भावना नभए धारा ३ अनुसार सरकार गठन प्रकृयामा जाने निर्णय गरेको थियो ।