४ पुष २०८२, शुक्रबार
,
Latest
हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अङ्गोलामा प्रविधि केन्द्र निर्माणमा हुवावेले छ करोड डलर खर्चिने



अ+ अ-

लुआन्डा । चीनको प्रविधि क्षेत्रको कम्पनी हुवावेले अफ्रिकी मुलुक अङ्गोलामा दुई वटा प्रविधि तालिम केन्द्रहरु निर्माणका लागि छ करोड डलर लगानी गरेको छ । हुवावे अङ्गोलाका प्रतिनिधि चु सियाओसिनले राष्ट्रपति जोआओ लोरेन्कोसँगको भेटमा उक्त जानकारी दिनुभएको हो ।

ती केन्द्रमा करिब दुई हजार युवाले दूरसञ्चार र सूचना प्रविधिका क्षेत्रमा नयाँ ज्ञान प्राप्त गर्न सक्ने हुवावेले जनाएको छ । हुवावेका प्रतिनिधि चुले पछिल्लो परियोजनाले अङ्गोलामा डिजिटल अर्थतन्त्रको विकासमा योगदानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

अफ्रिकी महादेशका धेरै देशमा चीनले केही वर्षदेखि दूरसञ्चार, पर्यटन, सडक, रेल समेतका पूर्वाधार निर्माणमा लगानी विस्तार गरिरहेको छ । (रासस–सिन्ह्वा)