२५ श्रावण २०८३, सोमबार
,
Latest
आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह ट्रक व्यवसायी महासंघ र सानिमा बैंकबिच सम्झौता, नागढुंगा सुरुङमार्गको शुल्क भुक्तानी क्यूआरबाट हुने दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने १० मेगावाटमुनिका जलविद्युत आयोजनाको पीपीए प्रक्रिया अघि बढाउने प्राधिकरणको तयारी गृहमन्त्री गुरुङ र उद्योगमन्त्री यादवको उपस्थितिमा मधेश प्रदेशका सांसदसँग छलफल विशेष सेवा विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित ‘गगन थापालाई गाली गरेर महत्व नदिनुस्, केही नभन्नु नै सबैभन्दा ठूलो अपमान हो’: डा. शशांक… विधि विपरित पार्टी कब्जा गर्न खोजे लोकतन्त्र नै संकटमा पर्छः कृष्णप्रसाद सिटौला १५ औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ बनाउन नेता सिंहको प्रश्ताव अदालत र अख्तियारले पनि विकास निर्माणलाई प्रभावित पारेः काँग्रेस सांसद स्वाँर
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुजरातले दियो लखनउलाई १३६ रनको लक्ष्य



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गुजरात टाइटन्सले लखनउ सुपरजायन्ट्सलाई १३६ रनको विजयी लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ थालेको गुजरातले २० ओभरमा ६ विकेटको क्षतिमा १३५ रन जोडेको हो । गुजरातका लागि कप्तान हार्दिक पाण्ड्याले ६६ रनको अर्धशतकीय इनिङ्स खेले ।

५० बल खेलेका उनले २ चौका र ४ छक्का प्रहार गरे । यस्तै, ऋद्धिमान साहाले ४७ रन तथा विजय शङ्करले १० रन जोड्दा शुभमन गिल शून्य रनमा आउट भए ।

यस्तै, अभिनव मनोहरले ३, डेभिड मिलरले ६ रन जोडे । राहुल तेवाटिया २ रनमा अविजित रहे । लखनउका मार्कुस स्टोइनिस र कृणाल पाण्ड्याले दुई–दुई विकेट लिँदा अमित मिश्रा र नवीन अल हकले एक–एक विकेट लिए ।