२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुजरातले दियो लखनउलाई १३६ रनको लक्ष्य



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गुजरात टाइटन्सले लखनउ सुपरजायन्ट्सलाई १३६ रनको विजयी लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ थालेको गुजरातले २० ओभरमा ६ विकेटको क्षतिमा १३५ रन जोडेको हो । गुजरातका लागि कप्तान हार्दिक पाण्ड्याले ६६ रनको अर्धशतकीय इनिङ्स खेले ।

५० बल खेलेका उनले २ चौका र ४ छक्का प्रहार गरे । यस्तै, ऋद्धिमान साहाले ४७ रन तथा विजय शङ्करले १० रन जोड्दा शुभमन गिल शून्य रनमा आउट भए ।

यस्तै, अभिनव मनोहरले ३, डेभिड मिलरले ६ रन जोडे । राहुल तेवाटिया २ रनमा अविजित रहे । लखनउका मार्कुस स्टोइनिस र कृणाल पाण्ड्याले दुई–दुई विकेट लिँदा अमित मिश्रा र नवीन अल हकले एक–एक विकेट लिए ।