१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री मोदी सहभागी हुने कार्यक्रममा आत्मघाती हमलाको धम्की



भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ।
अ+ अ-

एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख ११ गते दक्षिणी राज्य केरलामा हुने सार्वजनिक कार्यक्रममा आत्मघाती आक्रमण गर्ने धम्कीयुक्त पत्र आएपछि राज्यभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

आगामी सोमबार प्रधानमन्त्री मोदीको कोची कार्यक्रममा आत्मघाती आक्रमण गर्ने धम्कीयुक्त पत्र भारतीय जनता पार्टी (बिजेपी)को प्रदेश कार्यालयलाई प्राप्त भएको अधिकारीहरूले बताएका छन् । पत्र प्रेषकको नाम र अन्य विवरण पनि त्यसमा भएकाले सुरक्षाकर्मीले निजलाई पहिचान गरिएको बताएका छन् ।

विपक्षीहरूले आफूलाई फसाउन आफ्नो नाम प्रयोग गरेका दाबी गर्दैै ती आरोपित व्यक्तिले आफूले कुनै पत्र नलेखेको दोहो¥याएका छन् । केन्द्रीय अनुसन्धान निकायका अधिकारीले अनुसन्धान जारी राखेका तथा थप विवरण खोजिरहेका छन् ।

बिजेपीका राज्यप्रमुख के सुरेन्द्रनले प्रधानमन्त्री मोदीका निर्धारित सबै कार्यक्रम हुने बताएका छन् । उनी सोमबार कोच्चीका कार्यक्रममा सहभागी भएर भोलिपल्ट तिरुवनन्तपुरममा वन्दे भारत एक्सप्रेसको उद्घाटन गर्ने र जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको राज्यप्रमुख सुरेन्द्रनले जानकारी दिएका छन् ।

“प्रधानमन्त्री मोदीको केरला भ्रमणले राज्यको विकासलाई गति दिनेछ । राज्यका जनतामा ठूलो उत्साह र अपेक्षा छ । भ्रमणबाट केरलाको राजनीतिक परिवर्तन प्रारम्भ हुनेछ । पार्टी राजनीतिभन्दा माथि केरलाको विकास चाहनेहरू प्रधानमन्त्री मोदीका कार्यक्रममा सहभागी हुनेछन्,” पत्रकारमाझ राज्यप्रमुख सुरेन्द्रनले भनेका छन् ।

यसैबीच, प्रहरी अतिरिक्त महानिर्देशकले सुरक्षा व्यवस्थाबारे उच्च निकायलाई लेखेको गोप्यपत्र सञ्चार माध्यमबाट सार्वजनिक भएकामा सत्तारुढ दलका नेताहरूले चिन्ता व्यक्त गरेका छन् । केरला निवासी विदेश राज्यमन्त्री एम मुरलीधरनले सुरक्षा निकायको गोप्यपत्रराज्य सार्वजनिक हुनुलाई प्रहरीको गम्भीर त्रुटी भनेका छन् ।