४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

आईपीएलः गुजरात र लखनउ आमनेसामने हुँदै, दाजुभाईबीच भिडन्त

आईपीएलः गुजरात र लखनउ आमनेसामने हुँदै, दाजुभाईबीच भिडन्त
अ+ अ-

एजेन्सी । इन्डिय प्रिमियर लिग (आईपीएल)को ३० औँ खेलमा लखनउ सुपर जायन्ट्सले गुजरात टाइटन्सको सामना गर्दैछ । लखनउको टोलीले डिफेन्डिङ च्याम्पियन गुजरातलाई एकना स्टेडियममा आयोजना गर्दैछ । खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

गुजरात यो खेल जितेर अंक तालिकाको शीर्ष स्थानमा पुग्ने लक्ष्यका साथ मैदान उत्रनेछ । अर्कोतर्फ पछिल्लो खेलमा राजस्थानसँग हारेको गुजरातको टोली विजयी यात्रामा फर्किन चाहन्छ । घरेलु मैदानमा लखनउको यो तेस्रो खेल हुनेछ । यसअघि दिल्ली र हैदरावादलाई उसले पराजित गरेको थियो ।

गत वर्ष यी दुई टोलीबीचको खेल गुजरातले जितेको थियो तर यस वर्ष लखनउको टोलीले अहिलेसम्म राम्रो प्रदर्शन गरेको छ । समग्रमा लखनउलाई घरेलु मैदानमा हराउन निकै कठिन हुनेछ । दुवै टोलीले गत वर्ष आईपीएलमा डेब्यू गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । विशेषगरी गुजरातले गत सिजनमा उपाधि समेत जितेको थियो । यस्तै, लखनउको टोली प्लेअफमा पुगेको थियो ।

हालको सिजनमा लखनउको टोलीले सन्तुलित प्रदर्शन गरेको छ । यस्तो अवस्थामा टिम व्यवस्थापन धेरै परिवर्तनको पक्षमा देखिँदैन । बेन्चमा रहेका क्विन्टन डे ककलाई मौका दिन सकिने भए पनि काइल मेयर्स र पूरनको बलियो प्रदर्शनले उनको प्लेइङ इलेवनमा स्थान बनाउने सम्भावना कम छ । यति हुँदाहुँदै पनि टिम व्यवस्थापनले टी–२० का विशेषज्ञ खेलाडीलाई मौका दिन सक्छ । अहिलेसम्म ६ खेलमा असफल रहेका दीपक हुड्डालाई बाहिर राखेर डिककलाई समावेश गर्न सकिने सम्भावना छ ।

लखनउको एकना स्टेडियम सधैं स्पिनरमैत्री रह्यो र राशिद खानको प्रदर्शन यहाँ उत्कृष्ट रहँदै आएको छ । यस्तो अवस्थामा उनी गुजरातका लागि प्रमुख खेलाडी हुन सक्छन् । च्याम्पियन गुजरातको बल यस पटक पनि आफ्नो टोलीमा अलराउन्डर खेलाडीहरु हुनु हो । टोलीले कप्तान हार्दिकबाट ठूलो इनिङको अपेक्षा गर्नेछ । योसँगै ओडियन स्मिथ, राहुल तेवाटिया र जयन्त यादवमा उत्कृष्ट खेल देखाउने शक्ति छ ।

ब्याटिङमा लयमा रहेका शुभमन गिलले हरेक अवसरमा उत्कृष्ट पारी खेल्न सफल भए । बलिङमा मोहम्मद शामी, शिवम मावी र अल्जारी जोसेफबाट राम्रो प्रदर्शनको अपेक्षा गरिएको छ । यो सिजन अहिलेसम्म राम्रो ब्याटिङ गरेका विजय शंकर फिट छैनन् । यदि उनी खेल खेल्न उपलब्ध भएमा उनले अभिनव मनोहरको स्थानमा सिधै टोलीमा स्थान पाउनेछन् ।

दाजुभाईको भिडन्त
एकाना रंगशालामा शनिबार दुई दाजुभाइबीचको प्रतिस्पर्धा हुनेछ । जेठा दाई क्रुणाल पाण्ड्या लखनऊ सुपरजायन्ट्सका लागि प्रमुख खेलाडीको रूपमा देखा पर्नेछन् भने गुजरातका कप्तान हार्दिक नेतृत्वको भूमिकामा प्रतिस्पर्धा गर्नेछन् । चाखलाग्दो कुरा के हो भने दुवै आ–आफ्नो टोलीका महत्वपूर्ण खेलाडी हुन् र जुनसुकै खेलको पक्ष बदल्न सक्छन् ।

मौसम सामान्यतया सफा रहनेछ । बीचमा बादलको आवागमन हुनेछ । बीचमा तीव्र हावा पनि चल्न सक्छ । तापक्रम लगभग ३५ डिग्री सेल्सियस हुनेछ ।

दुबै टिमका सम्भावित सुरुवाती ११
लखनऊ सुपर जायन्ट्सः केएल राहुल (कप्तान), काइल मेयर्स, दीपक हुडा, मार्कस स्टोइनिस, क्रुणाल पाण्ड्या, निकोलस पूरन (विकेटकीपर), आयुष बडोनी, नवीन(उल(हक, आवेश खान, युधवीर सिंह चरक, रवि बिश्नोई ।

गुजरात टाइटन्सः ऋद्धिमान साहा (विकेटकीपर), शुभमन गिल, साई सुदर्शन, हार्दिक पाण्ड्या (कप्तान), विजय शंकररअभिनव मनोहर, डेभिड मिलर, राहुल तेवाटिया, राशिद खान, अल्जारी जोसेफ, मोहम्मद शामी, मोहित शर्मा ।