४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

आर्थिक समस्या समाधानका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार सकारात्मक पाएका छौं: अध्यक्ष ढकाल

आर्थिक समस्या समाधानका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार सकारात्मक पाएका छौं: अध्यक्ष ढकाल
अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान आर्थिक समस्याको समाधान नेपाल सरकार तथा निजी क्षेत्र दुवैको पहिलो प्राथमिकतामा रहेको र छिट्टै यसको समाधानको उपाय निस्कने बताउनुभयो ।

नुवाकोट उद्योग वाणिज्य संघको १८औँ वार्षिक साधारण सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै अध्यक्ष ढकालले भन्नुभयो, “मैले हालै सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको ५७औँ वार्षिक साधारण सभामा अध्यक्षको रुपमा पदभार ग्रहण गर्दै गर्दा मेरो केही प्राथमिकताहरु उल्लेख गरेको थिए । त्यसमध्ये वर्तमान आर्थिक समस्याका समाधान उच्च प्राथमिकतामा रहेको छ ।”

“यसबारेमा हाम्रो नयाँ कार्यसमितिले अर्थमन्त्रीज्यू, नेपाल राष्ट्र बैंकका गभर्नरज्यूलाई भेटेर यसको समाधानका उपाय बारेमा छलफल गरिसकेका छौं । आज मात्रै पनि प्रधानमन्त्रीज्यूसँग यस बारेमा थप छलफल गर्ने कार्यक्रम तय भएको छ । हामीले नेपाल सरकार र नेपाल राष्ट्र बैंक वर्तमान आर्थिक समस्या समाधान गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सकारात्मक पाएका छौं । अर्थमन्त्रीज्यू र गभर्नरज्यूले यसको समाधान गर्ने आश्वासन पनि दिनुभएको छ । यसको समाधानको उपाय छिट्टै आउने विश्वास हामीलाई छ ।”

ढकालले नुवाकोट जिल्ला संघीय राजधानीदेखि नजिक रहेको बताउँदै यहाँ कृषि, पर्यटन र जलस्रोतलगायत धेरै क्षेत्रकोे सम्भावना रहेको बताउनुभयो ।
उहाँले यहाँका सम्भावित क्षेत्रमा आयोजनाहरु पहिचान गर्न सके त्यसमा पुँजी र प्रविधिको अभाव नहुने पनि बताउनुभयो ।

“तपाईहरुले यहाँका सम्भावित परियोजनाहरु छनौट गर्नुहोस् । यहाँका पर्यटन, कृषि र जलविद्युत कुन कुन क्षेत्रमा लगानीको सम्भावना छ । म व्यक्तिगत रुपमा वा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको रुपमा यहाँहरुसँग सहकार्य गर्न तयार छु,” उहाँले भन्नुभयो ।

उहाँले नुवाकोट उद्योग वाणिज्य संघका नव निर्वाचित अध्यक्षलगायत पदाधिकारी र सदस्यहरुलाई बधाई तथा शुभकामना समेत व्यक्त गर्नुभयो ।