काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत ओमानविरुद्ध नेपाललाई आठौं सफलता मिलेको छ ।
टियु मैदानमा जारी खेलमा नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याएको ओमानले आठौं विकेटका रुपमा कलिमुल्लाह खानलाई गुमाएको हो । उनी ३ बलमा २ रन जोड्दै पेभिलियन फर्किए ।
नेपालका करण केसीले उनलाई आउट पारे ।
यो समाचार तयार पार्दासम्म ओमान ४४.३ ओभरमा ८ विकेटको क्षतिमा २१५ रनको स्थितीमा छ ।