• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

भीम सार्की पनि आउट भए



फाईल फोटो

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत जारी खेलमा ओमानविरुद्ध नेपालले चार विकेट गुमाएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले चौथो विकेटमा भीम सार्कीलाई गुमाएको हो । उनी ५६ बलमा ३३ रन बनाएर जिसान मक्सुदको हातबाट आउट हुन पुगे ।

यसअघि कप्तान रोहित पौडेल ३४ बलमा २३ रन बनाएर आउट भएका थिए । रोहित र भीम सार्कीले ५३ रनको साझेदारी गरेका थिए ।

यस्तै, नेपाल ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख एक रन नि नबनाई आउट भएका थिए । अहिले आरीफ शेख र कुशल मल्ल क्रिजमा छन् ।

ताजा स्थितिमा नेपालले २१.२ आोभरमा ४ विकेटको क्षतिमा ७८ रन बनाएको छ ।