२० आश्विन २०८१, आईतवार
,
Latest
रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः लगातार पाँच खेलको हारपछि दिल्लीले खाता खोल्यो



Mitchell Marsh of Delhi Capitals celebrates the wicket of Venkatesh Iyer of Kolkata Knight Riders during match 28 of the Tata Indian Premier League between the Delhi Capitals and the Kolkata Knight Riders held at the Arun Jaitley Stadium, Delhi on the 20th April 2023 Photo by: Ron Gaunt / SPORTZPICS for IPL
अ+ अ-

एजेन्सी । आईपीएल २०२३ को २८ औं खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई चार विकेटले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा १२७ रन बनाएको थियो । जेसन रोयले ३९ बलमा ४३ रन र आन्द्रे रसेलले ३१ बलमा ३८ रनको अविजित इनिङ खेले । जवाफमा १२८ रनको लक्ष्य पछ्याएको दिल्लीको टोली एक समय सहजै जिततर्फ अघि बढिरहेको थियो ।

डेभिड वार्नर ५७ रन बनाएर आउट भए । तर, यसपछि पनि नियमित विकेटहरू ध्वस्त भइरहँदा कोलकाता खेलमा फर्कियो । अन्त्यमा दिल्लीलाई ६ बलमा ७ रन आवश्यक थियो । अक्षर पटेलले जित दिलाए । अक्षरले २२ बलमा १९ रनको अविजित इनिङ खेले । यस्तै, ललित यादवले चार रन बनाएर अविजित रहे ।

कोलकाताको इनिङ्स
टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताको टोली २० ओभरमा १२७ रनमा समेटिएको थियो । कोलकाताको सुरुवात निकै खराब रह्यो र टोलीले सुरुदेखि नै नियमित अन्तरालमा विकेट गुमायो । लिटन दास चार रन, कप्तान नितिश राना चार रन, मनदीप सिंह १२ रन, रिंकु सिंह ६ रन र सुनिल नारायण चार रन बनाएर आउट भए । वेंकटेश अय्यर र अनुकुल रोयले खाता खोल्न पनि सकेनन् ।

एक समयमा कोलकाताले ९६ रनमा ९ विकेट गुमाएको थियो । यी ९६ मध्ये ४३ रन जेसन रोयका थिए । जेसनले ३९ बलमा ५ चौका र एक छक्काको मद्दतले ४३ रनको इनिङ खेले । कुलदीप ह्याट्रिक गर्नबाट चुके । उनले १५ औं ओभरमा लगातार दुई बलमा दुई विकेट लिए । कुलदीपलेजेसनलाई अमन खानबाट क्याच आउट गराएपछि इम्प्याक्ट प्लेयर अनुकुल रोयलाई एलबीडब्ल्यू आउट पारेका थिए ।

उमेश यादव तीन रन बनाएर आउट भए । अन्तिम ओभरमा आन्द्रे रसेलले मुकेश कुमारलाई लगातार तीन बलमा तीन छक्का प्रहार गरे । यी मध्ये एउटा छक्का १०९ मिटरको थियो । वरुण चक्रवर्ती (१) अन्तिम बलमा रनआउट भए । रसेलले ३१ बलमा एक चौका र चार छक्का प्रहार गर्दै अविजित ३८ रन बनाए ।

दिल्लीको बलिङतर्फ २३ महिनापछि आईपीएलमा खेल खेलेका इशान्त शर्माले शानदार पुनरागमन गरेका छन् । उनले चार ओभरमा १९ रन दिएर दुई विकेट लिए । यसबाहेक एनरिक नोर्ट्ज, अक्षर पटेल र कुलदीप यादवले पनि २–२ विकेट लिए । मुकेश कुमारले एक विकेट लिए ।

दिल्लीको इनिङ्स
१२८ रनको लक्ष्य पछ्याएको दिल्लीको टोलीले उत्कृष्ट सुरुवात गरेको थियो । कप्तान वार्नरले उत्तेजित ब्याटिङ गर्दै पहिलो चार ओभरमा ३४ रन बनाए । तर, पृथ्वी शाको खराब फर्म जारी रह्यो । उनी ११ बलमा १३ रन बनाएर आउट भए । यसपछि मिचेल मार्सले पनि खास केही गर्न सकेनन् र दुई रन बनाएर आउट भए ।

डेब्यु खेल खेलेका फिलिप साल्टले पाँच रन बनाउन सके । यसपछि मनिष पाण्डे र वार्नरले चौथो विकेटका लागि २६ रनको साझेदारी गरे । यसैबीच, वार्नरले आफ्नो आईपीएल करियरको ५९ औं अर्धशतक बनाए । योसँगै उनको यो सिजनको चौथो अर्धशतक हो । वरुण चक्रवर्तीले वार्नरलाई एलबीडब्ल्यू आउट गरे । उनी ४१ बलमा ११ चौकाको मद्दतले ५७ रन बनाएर आउट भए ।

मनिष पाण्डे २३ बलमा २१ रन बनाएर आउट भए भने अमान हाकिम खान खाता नखोलेर पेभिलियन फर्किए । अन्त्यमा अक्षर पटेल र ललित यादवले दिल्लीलाई जित दिलाए । अक्षरले २२ बलमा एक चौकाको मद्दतले १९ रनमा अविजित रहे भने ललितले अविजित चार रन खेले । कोलकाताका लागि वरुण, अनुकुल रोय र नितिश राणाले २–२ विकेट लिए ।

कोलकातामाथि दिल्लीको यो लगातार तेस्रो जित हो । यसअघि सन् २०२२ मा टोलीले कोलकातालाई लगातार दुई खेलमा पराजित गरेको थियो ।

२३ महिनापछि आईपीएल खेल्दै आएका इशान्त शर्मा उत्कृष्ट बलिङका लागि प्लेयर अफ द म्याच घोषित भए । इशान्तले यसअघि मे २, २०२१ मा पञ्जाब किंग्सविरुद्ध अन्तिम खेल खेलेका थिए।

जारी सिजनमा दिल्लीको पहिलो जित हो । यसअघि टोलीले लगातार पाँच खेलमा हार बेहोरेको छ । उसको छ खेलमा एक जित र पाँच हारसहित दुई अंक छ । टोली अंक तालिकाको पुछारमा (१० औं) स्थानमा छ ।

योसँगै कोलकाता नाइट राइडर्सको ६ खेलमा यो चौथो हार हो । टोली दुई जित र चार अंक जोडेर आठौं स्थानमा छ । राजस्थान आठ अंकसहित शीर्ष स्थानमा छ । लखनउ पनि ८ अंकसहित दोस्रो स्थानमा छ । यस्तै, चेन्नई सुपर किंग्स ६ अंकसहित तेस्रो स्थानमा छ ।