१ पुष २०८२, मंगलवार
,
Latest
युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल एमाले महाधिवेशनः साँझ ७ बजेबाट मतदान हुने माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर युनाइटेडलाई पन्छाउँदै सेभिया युरोपा लिगको सेमिफाइनलमा



अ+ अ-

एजेन्सी । सेभिया युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्वाटरफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब सेभियाले इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडलाई ३–० गोलले पराजित गर्दै समग्रमा ५–२ को नतिजासहित अन्तिम चारमा स्थान बनाएको हो ।

सेभियालाई घरेलु मैदानमा जित दिलाउन खेलको ८ औं र ८१ औं मिनेटमा युसेफ एन नेसीरीले दुई गोल गरे भने ४७ औं मिनेटमा लोइक बेडले एक गोल थपे । यसअघि युनाइटेडको घरेलु मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा सकिएको थियो ।

म्यान्चेस्टर युनाइटेडको यो सिजनको युरोपा लिगको यात्रा क्वाटरफाइनलबाटै टुंगिएको छ । यस्तै, सेभियाले अब सेभिफाइनलमा इटालियन क्लब युभेन्ट्ससँग मे ११ मा खेल्नेछ ।