९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर युनाइटेडलाई पन्छाउँदै सेभिया युरोपा लिगको सेमिफाइनलमा



अ+ अ-

एजेन्सी । सेभिया युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्वाटरफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब सेभियाले इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडलाई ३–० गोलले पराजित गर्दै समग्रमा ५–२ को नतिजासहित अन्तिम चारमा स्थान बनाएको हो ।

सेभियालाई घरेलु मैदानमा जित दिलाउन खेलको ८ औं र ८१ औं मिनेटमा युसेफ एन नेसीरीले दुई गोल गरे भने ४७ औं मिनेटमा लोइक बेडले एक गोल थपे । यसअघि युनाइटेडको घरेलु मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा सकिएको थियो ।

म्यान्चेस्टर युनाइटेडको यो सिजनको युरोपा लिगको यात्रा क्वाटरफाइनलबाटै टुंगिएको छ । यस्तै, सेभियाले अब सेभिफाइनलमा इटालियन क्लब युभेन्ट्ससँग मे ११ मा खेल्नेछ ।