२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सपुतको सकम्बरी: प्रकाशलाई प्रदीपको पत्र



अ+ अ-

प्रथमत: आदरणीय गायक प्रकाश सपुतलाई  सकम्बरीको लागि आभार साथ खुब शुभकामना !! म गितका सबल पक्षहरुको सम्मानमा यो लेखिरहेको छु। हामी उ त्यो डाँडाबाट जुन छोइन्छ भने जस्तो गरिरहेका छौ विशाल छ नि शब्दहरुको ब्रह्माण्ड। एक डाँडो सम्म पुगेर फेरि हेरौँ न है सकम्बरीलाई।

सिर्जनाले जे बोलेको छ त्यो मात्र बोलिरहेको हुँदैन हामी यसै गीतको आलोचनामा उत्रियौँ। उनले दिन खोजेको खास के हो र के थियो भन्ने सोध्न पटि लागेनौँ। त्यो गीत उहाँको हो यसको अर्थको पहिलो जानकार उहाँ नै हुनुहुन्छ।

मैले भने यहाँ मैले यस गीतका प्रयोग्य बिम्बहरूलाई
मैले बुझेको राखेको छु।

कानको झुम्काना: जो कान सँग सम्बन्धित छ कयौँ नराम्रा गाली, हल्ला ,सवाल, लाञ्छना र कुराहरू सुनेको र सुन्नपर्ने अबस्थामा कसैलाई पुराएर केवल एक झुम्काना या भनौँ थोरै जिन्सी या नगदले पिडीतलाई थमथामाउने समग्र परिपाटीको वकालतमा छ। त्यसैले यसलाई सकम्बरी नबुझी एक विवश नारी पात्र मात्र नबुझी उच्च पद र बर्गले तल्लो बर्गको ‘ नारी पुरुष कुनै परिवार या कुनै समुदायकोे मुख बन्द गराउने परिपाटीका रुपमा बुझ्दा खुब हृदय शितल हुनेरहेछ।

नाकको बुलाँकी : नाक या इज्जतको बदलामा सामान्य क्षतिपूर्ति ( जस्तो कि एक बुलाँकी) दिने समग्र कानुन नियम र परिपाटी लाई खबरदारी गरिएको छ या प्रश्न उठाइएको छ जुन सयौँ नेतृत्वलेहरुले उठाएको सुरुको मुद्दा भन्दा बलियो मुद्दा र सबाल हुनुपर्छ। यो सकम्बरीको एक एक चेलीको मात्र इज्जत होइन कमजोरहरुलाई यो समाज र कानुनले हेरेको दृष्टि होश्।

हातको घडी र चुरा: हात लाई कर्म ,काम ,सेवा सम्मान या साथ जे बुझ्नुस् घडीलाई समय बेला जे बुझ्नुस् एउटा उमेर एउटा बेला एउटा जीवन समय गोठालो बसेर कमारो बनेर या त राज्यलाई सेवा गरेर कुनै जागिर गरेर त्यसको बापत दिने न्यून मूल्य ज्याला दिने प्रचलनलाई प्रश्न उठाइएको छ यो सब गर्ने यसरी मर्का पार्ने को हो त्यो चिन्न खोजिएको छ त्यसैले यहाँ सकम्बरी त्यो बर्ग त्यो मानिस जो जीवनभरको समयको कर्मको चुत्थो मुल्यले चुकाउने गलत चलनको अगाडि उभिएको प्रश्न हो।

आँखा खाने डायमण्ड : आँखा ज्योती हेराइ दृष्टि दृष्य जे बुझ्नुस् जीवनको आफ्नो दृष्टि ज्योती लाई विभिन्न प्रलोभनले भुलाउने काम गरिरहेका हरुलाई गरिएको प्रश्न हो यो प्रश्न सकम्बरीलाई उभ्याएर गरिएको प्रश्न होइन तिनीहरुलाई गरिएको प्रश्न हो जो प्रलोभनमा पारेर मानिसको ज्योती संसारलाई सुन्दर देख्नेहरुलाई पैसाले धनले फसाइरहेका छन् ।

रातो स्कुटर र पाउको पाउजु : रातो जसलाई रगतको नजिक राखेर बुझौँ रगत सोसेर रगतको बदलामा या जनताहरुको बलिदानीमा थोरै स्वतन्त्रता दिएर थोरै बाटो दिएर या हिँड्न दिएको ईतिहास हो र बर्तमान पनि हो यसैको बिम्ब हुनुपर्छ रातो स्कुटर ।

गलामा डाम:  जो दाग नचाहँदा नचाहँदै पनि दुनियाँको अघि लुकाउन नसकिने पीडा को प्रतिक ।

मैले केही सकम्बरीको प्रयोग्य बिम्बलाई यसरी बुझेँ मैले बुझेँ झैं हजुरले बुझ्नुपर्छ यसो भन्न खोजेको होइन है मैले। फेरि पनि उच्च सम्मानका साथ आदरणीय गायक प्रकाश सपुतलाई सलाम ।

प्रदीप रोदन