• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

यी हुन् अर्थमन्त्रीका विज्ञ सल्लाहकार



काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले डा विश्वनाथ पौडेल, डा पोषराज पाण्डे र डा गुणाकर भट्टलाई विज्ञका रुपमा नियुक्त गर्दै विज्ञ सल्लाहकार समूह बनाउनुभएको छ । अर्थमा पौडेल र पाण्डे अवैतनिक रुपमा अर्थमा खटिनुहुने छ भने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्ट अर्थमन्त्रालयमा आएर काम गर्नुहुने छ ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं १ बाट नेपाली कांग्रेसको उम्मेदवार भई पराजित हुनुभएका डा पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत हुनुहुन्छ । उक्त निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग पौडेल पराजित हुनुभएको थियो ।

डा पाण्डे अन्तर्राष्ट्रिय व्यापार मामिलाका विज्ञ हुनुहुन्छ भने भट्टई राष्ट्र बैंकबाट काजमा मन्त्रालयमना तान्न लागिएको हो । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभाग प्रमुख भएर काम गरिसकेका भट्ट अहिले बैंक तथा वित्तीय संस्था नियमन विभागमा कार्यरत हुनुहुन्छ ।