२० मंसिर २०८२, शनिबार
,
Latest
प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा आज दुई खेल: पन्जाब र बेंग्लोर तथा दिल्ली र कोलकत्ता भिड्दै



अ+ अ-

काठमाडौं । इन्डियन प्रिमियर लिग(आईपीएल) मा आज बिहिबार दुई खेल हुदैछ ।

आजको पहिलो खेलमा पन्जाब किंग्स र रोयल च्यालेन्जर्स बेंग्लोर भिड्दैछन् । पन्जाबको घरेलु मैदान मोहालीमा हुने खेल नेपाली समयअनुसार बेलुकाको ३:४५ बजेबाट सुरु हुनेछ ।

यस सिजनमा पाँच खेल खेलेको पन्जाब तीनमा जित र दुईमा हारसहित अंकतालिकाको पाँचौ स्थानमा रहेको छ । यस्तै, पाँच मध्ये दुई खेलमा जितेको बेंग्लोर अंकतालिकाको आठौँ स्थानमा रहेको छ ।

पन्जाब र बेंग्लोरबीचको भएको पछिल्लो पाँच खेलमा चार खेलमा पन्जाबले जित निकालेको छ भने एक खेलमा बेंग्लोर विजयी भएको छ।

आज नै हुने दोस्रो खेलमा कोलकत्ता नाईट राईडर्स र दिल्ली क्यापिटल्स भिड्दै छन् ।

दिल्लीको घरेलु मैदान अरुण जेट्ली स्टेडियममा हुने खेल नेपाली समयअनुसार बेलुकाको ७:४५ बजेबाट सुरु हुनेछ।

यस सिजनमा दिल्ली र कोलकत्ताले छैटौं खेल खेल्न लागेका हुन् । पाचौँ खेल खेल्दा कोलकत्ताले दुई खेल जितेको छ भने तीनमा हार बेहोरेको छ । यता, दिल्ली भने पाँच खेलमा पाँचैमा हार बेहोरेर अंकबिहिन छ । अंकतालिकामा कोलकत्ता सातौ स्थानमा छ भने दिल्ली अन्तिममा छ ।

यस सिजनमा जित निकाल्न नसकेपनि दिल्ली र कोलकत्ता बीचको पछिल्लो पाँच खेलमा दिल्ली बलियो देखिएको छ । दिल्लीले तीन खेल जित्दा कोलकत्ताले दुई खेल जितेको छ ।