२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा आज दुई खेल: पन्जाब र बेंग्लोर तथा दिल्ली र कोलकत्ता भिड्दै



अ+ अ-

काठमाडौं । इन्डियन प्रिमियर लिग(आईपीएल) मा आज बिहिबार दुई खेल हुदैछ ।

आजको पहिलो खेलमा पन्जाब किंग्स र रोयल च्यालेन्जर्स बेंग्लोर भिड्दैछन् । पन्जाबको घरेलु मैदान मोहालीमा हुने खेल नेपाली समयअनुसार बेलुकाको ३:४५ बजेबाट सुरु हुनेछ ।

यस सिजनमा पाँच खेल खेलेको पन्जाब तीनमा जित र दुईमा हारसहित अंकतालिकाको पाँचौ स्थानमा रहेको छ । यस्तै, पाँच मध्ये दुई खेलमा जितेको बेंग्लोर अंकतालिकाको आठौँ स्थानमा रहेको छ ।

पन्जाब र बेंग्लोरबीचको भएको पछिल्लो पाँच खेलमा चार खेलमा पन्जाबले जित निकालेको छ भने एक खेलमा बेंग्लोर विजयी भएको छ।

आज नै हुने दोस्रो खेलमा कोलकत्ता नाईट राईडर्स र दिल्ली क्यापिटल्स भिड्दै छन् ।

दिल्लीको घरेलु मैदान अरुण जेट्ली स्टेडियममा हुने खेल नेपाली समयअनुसार बेलुकाको ७:४५ बजेबाट सुरु हुनेछ।

यस सिजनमा दिल्ली र कोलकत्ताले छैटौं खेल खेल्न लागेका हुन् । पाचौँ खेल खेल्दा कोलकत्ताले दुई खेल जितेको छ भने तीनमा हार बेहोरेको छ । यता, दिल्ली भने पाँच खेलमा पाँचैमा हार बेहोरेर अंकबिहिन छ । अंकतालिकामा कोलकत्ता सातौ स्थानमा छ भने दिल्ली अन्तिममा छ ।

यस सिजनमा जित निकाल्न नसकेपनि दिल्ली र कोलकत्ता बीचको पछिल्लो पाँच खेलमा दिल्ली बलियो देखिएको छ । दिल्लीले तीन खेल जित्दा कोलकत्ताले दुई खेल जितेको छ ।