४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

चलचित्र जारीको व्यापार राम्रो भएपछि निर्देशक सुब्बा भन्छन्ः बनाउँदा बनाउँदै के—के बनाएँ नै थाहा छैन

चलचित्र जारीको व्यापार राम्रो भएपछि निर्देशक सुब्बा भन्छन्ः बनाउँदा बनाउँदै के—के बनाएँ नै थाहा छैन
अ+ अ-

काठमाडौँ । नेपाली चलचित्र जारी प्रदर्शनमा आएको हप्ता दिन बित्नै लाग्दा चलचित्र निर्माण टिमले पत्रकार सम्मेलन गरेको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जारीका निर्देशक, कलाकारहरुले जारी प्रर्दशनमा आएपछिका दर्शकसँगका प्रतिक्रियाहरु सुनाएका हुन् । कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले चलचित्र प्रदर्शनपछि दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाइरहेको बताउनु भयो । उहाँले लिम्बू संस्कृतिसँग सम्बन्धित चलचित्र भएकाले काम गर्न केही कठिनाइ भएपनि आफू लिम्बू संस्कृतिसँग धेरै नजिक हुँदा सहज लागेको बताउनु भयो ।

उहाँले सांस्कृतिक हिसावले पनि आफूलाई अभिनय गर्न सहज भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘धेरैले राम्रो प्रतिक्रिया दिनुभएको छ । मलाई काम गर्न केही कल्चरको हिसावले उस्तैउस्तै भएर धेरै नै सहज भयो, अभिनय निभाउनलाई । कल्चर मिल्दोजुल्दो थियो, हृदम पनि मिल्दोजुल्दो थियो । स्क्रिप्ट छर्लङ्ग थियो, त्यो मेरो लागि चुनौति थियो । रिस, प्रेम, इगो सबै थियो । सांस्कृतिक हिसावले पनि मलाई अभिनय गर्न धेरै सहज भयो ।’

अभिनेत्री मिरुना मगरले अन्य चलचित्रमा अभिनय मात्रै हुने भएपनि जारीमा भने पात्रअनुसार भिजेर अभिनय गर्न पाएको बताउनु भयो । उहाँले आफूले चलचित्रमा अभिनय गर्दा पात्रको विषयवस्तुलाई महशुस गरेर काम गरेकाले राम्रो प्रतिक्रिया पाइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मैले काम गरेका चरित्रहरुमा जारी भन्दा भिन्न थियो । जारीको स्क्रिप्ट पढ्दा नै मैले धेरै नै भिन्न पाएको थिएँ । मलाई स्क्रिप्ट पढ्ने बित्तिकै काम गरेको जस्तो फिल हुन्छ होला भन्ने लागेको थियो । मैले यो चरित्रमा वास्तविक अभिनय गर्ने प्रयास गरेको छु । चलचित्रमा मैले पात्रको अभिनयलाई महशुस गरेर काम गरेँ र धेरैकुरा सिक्न पाएँ ।’

त्यस्तै अभिनेता विजय बरालले लिम्बू समुदायको कथावस्तुलाई चलचित्रमा उतारिएको त्यही अनुसारको पात्र बन्दा केही कठिनाइ भएको बताउनु भयो । उहाँले लिम्बू भाषा बोल्नै नजान्नेलाई सबैभन्दा बढी लिम्बू भाषा प्रयोग गर्नुपर्ने पात्र बनाउँदा केही कठिनाइ भएको तर सिक्दै जाँदा सहजै अभिनय गर्न सकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘लिम्बू कल्चरको थियो, त्यसलाई चरित्रमा उतार्न गाह्रो थियो, आवाजमा गाह्रो थियो, मेरो चरित्रमा फेरि सबै लिम्बू भाषाको प्रयोग गर्नुपर्ने धेरै थियो ।’ निर्देशक उपेन्द्र सुब्बाले नेपाली समाजमा सबैभन्दा स्वतन्त्र रुपमा जीवन जिउने महिलाहरु लिम्बू समुदायमै रहेपनि उनीहरुको स्वतन्त्रता घरका मान्छेले कहाँ गइस् भनेर नसोध्नु मात्रै होइन भन्ने कथावस्तु देखाउन खोजेको बताउनु भयो । उहाँले महिलाहरुले पैतृक सम्पतीको उपभोग गर्न नपाउन्जेलसमम अन्य स्वतन्त्रताको अर्थ रहँदैन भन्ने यथार्थलाई चलचित्रमा देखाउन खोजेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली समाजमा खुला समाज भनेको लिम्बूहरुको हो । बढी स्वतन्त्रता लिम्बूहरुले नै उपभोग गरिरहेका छन् भन्ने गरिन्छ । यहाँभित्र महिलाहरुको हक बढी हुन्छ भन्ने कथन छ । यो एक किसिमले स्वीकार्य हो, मलाई यत्तिले मात्रै पुग्दैन भनेर लागेको हो । कहाँ हो छारी कहाँ गइस् भनेर मात्रै स्वतन्त्रता होइन, अरु पनि धेरै कुरा छन् भन्ने लाग्यो । जबसम्म छोरीमा पैतृक सम्पतीको हक लाग्दैन तबसम्म अरु स्वतन्त्रता फिक्का रहन्छन् भन्ने सोचेर नै जारी बनाउने सोच निकालेँ । बनाउँदा बनाउँदै के के बनाएँ नै थाहा छैन । हरेक समाजका महिला सबल र सक्षम रहुन् भन्ने चाहन्छु ।’

लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको ‘जारी’ मा श्रीमती फिर्ता ल्याउन संघर्षरत श्रीमानको कथा समेटिएको छ । कवि उपेन्द्र सुब्बाको निर्देशन रहेको चलचित्रमा अभिनेता राईसँगै मिरुना मगर, विजय बराल, कमलमणि नेपाल, रेखा लिम्बू लगायतले अभिनय गरेका छन् । जारी नयाँ वर्षको दिन देशभर प्रदर्शनमा आएको थियो ।