२० आश्विन २०८१, आईतवार
,
Latest
रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

मछिन्द्र एपिएफसँग स्तब्ध, जावलाखेलले पुलिसलाई हरायो



अ+ अ-

काठमाडौँ । साविक विजेता मछिन्द्र फुटबल क्लब राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा बुधवार एपिएफसँग पराजित हुँदा अर्को खेलमा विभागीय टोली पुलिस जावलाखेल युथ क्लवसँग स्तब्ध भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफले मछिन्द्र फुटबल क्लवलाई १–० गोल अन्तरले पराजित गर्दा अर्को खेलमा जावलाखेल युथ क्लवले च्यासल मैदानमा पुलिसलाई ६–१ को फराकिलो अन्तर हराएको हो । मछिन्द्र क्लवबिरुद्ध रोमाञ्चक जित दिलाउनका लागि पहिलो हाफ सकिन पाँच मिनेट बाँकी छँदा कप्तान नविन लामाको पासमा अर्मान्ड बेडोमले गरेको गोल निर्णायक बनेको हो । यसअघि पहिलो मिनेटबाट दबाब दिएर खेलेको मछिन्द्रले थुप्रै अवसरहरु सिर्जना गरेपनि गोल गर्न भने सकेन । पाचौं खेलमा चेन्चो पनि चल्न सकेनन् भने स्ट्राइकर विमल घर्ती मगरका थुप्रै प्रयास विफल भएका थिए । यस्तै आन्द्रेश नियाले पनि केही राम्रा अवसर खेर फाल्न पुगेका थिए ।

२८ औं मिनेटमा मछिन्द्रका चेन्चो ग्याल्सेनको क्रसमा विमल घर्ती मगरको प्रहार आकाशिँदा त्यसको तीन मिनेटपछि चेन्चोको शक्तिशाली प्रहार फ्रेममा पर्न सकेन । दुई मिनेटपछि मछिन्द्रले फेरि गोलको अवसर गुमायो । चेन्चोको क्रसमा पेनाल्टी बक्सभित्र अनमार्क रहेका आन्द्रेस नियाको प्रहार बाहिरियो । ४४ औं मिनेटमा नियाको क्रसमा विमलले गरेको हेडर बल माथिल्लो बार नजिकैबाट बाहिरिएको थियो । खेलमा एपिएफले पहिलो रोजाइका गोलकिपर युया कुरियामालाई चोटका कारण गुमाउन परेको थियो । मच्छिन्द्रका विजय भुजेलसँग जुध्न पुगेका कुरियामालाई २२ औं मिनेटमा वैकल्पिक गोलकिपर एञ्जल श्रेष्ठले प्रतिस्थापन गरे । दोस्रो हाफमा अगाडि बढेर खेलेको मच्छिन्द्र खेलमा फर्किन सकेन र अंक सुम्पिन बाध्य बन्यो ।

लिग अन्तर्गत च्यासल मैदानमा पुलिसबिरुद्धको खेलमा जावलाखेलले जित निकाल्ने क्रममा पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा पाँच गोल गर्दै एक गोल खान पुगेको थियो । यससँगै जावलाखेल शीर्ष स्थानमा यथावत रहेको छ ।

पहिलो मिनेटबाट नै पुलिसमाथि हावी भएको खेलको जावलाखेलले २९ औं मिनेटमा फोडे फोफनाको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफमा जावलाखेलले पहिलो हाफको खेललाई निरन्तरता दियो । हिसुब थपलियाले ५० औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाउँदा एनकोटा मासोबीले ६५औं र ७२ औं मिनेटमा गोल थप्दै टोलीको अग्रता ४–० मा पुर्याएका थिए । यसअघि ६५ औं मिनेटमा अब्दुलाजिज निसोनबाभले टोलीका लाग पाँचौं गोल गरेका थिए । हिसुबले ८२औं मिनेटमा व्यक्तिगत दोस्रो थप्दै अग्रता ६–० मा पुर्याउँदा मोसेस ग्याबाह टौमले पुलिसका लागि सान्तोवना गोल फर्काएका थिए । यससँगै जावलाखेल युथ क्लवले १० खेलबाट छैठौं जित निकालेर शीर्ष स्थानमा यथावत छ । जावलाखेलको २० अंक भएको छ पराजित पुलिस तालिकाको पुछारमा यथावत नै छ ।

लिगमा बिहीबार दुई खेल हुनेछ । एन्फा मुख्यालयमा हुने खेलमा थ्री स्टार र हिमायन शेर्पा आमने सामने हुनेछन् भने दशरथ रंगशालामा चर्च ब्वाईज र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।