१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

महोत्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका ३ जनाको मृत्यु



अ+ अ-

काठमाडौँ । महोत्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका ३ जनाले ज्यान गुमाएका छन् ।

बुधबार दिउँसो गौशाला सम्सी सडक खण्डको रेल्बेट्रयाक नजिक जनकपुरतर्फ आउँदै गरेको बा ३ ख २३९६ नम्बरको बसले गौशालातर्फ जाँदै गरेको मधेश प्रदेश ०१–००४ प ६८१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहाको कल्याणपुर नगरपालिका–१० का २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमती २४ वर्षीया अञ्जु मण्डल र भतिजी ६ वर्षीया अंशु मण्डल रहेको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते चालक र उनकी भतिजीकोको शुभ स्वस्तिक अस्पताल बर्दिबास र श्रीमतीको ट्रमा सेन्टर अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।