२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

महोत्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका ३ जनाको मृत्यु



अ+ अ-

काठमाडौँ । महोत्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका ३ जनाले ज्यान गुमाएका छन् ।

बुधबार दिउँसो गौशाला सम्सी सडक खण्डको रेल्बेट्रयाक नजिक जनकपुरतर्फ आउँदै गरेको बा ३ ख २३९६ नम्बरको बसले गौशालातर्फ जाँदै गरेको मधेश प्रदेश ०१–००४ प ६८१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहाको कल्याणपुर नगरपालिका–१० का २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमती २४ वर्षीया अञ्जु मण्डल र भतिजी ६ वर्षीया अंशु मण्डल रहेको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते चालक र उनकी भतिजीकोको शुभ स्वस्तिक अस्पताल बर्दिबास र श्रीमतीको ट्रमा सेन्टर अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।