४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह

संसदमा उर्जाबारे सांसदहरु

संसदमा उर्जाबारे सांसदहरु
फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा बैठकमा सांसदहरुले आकस्मिक,शुन्य र विशेष समयमा सांसदहरुले जलविद्युतको विषय उठान गरेका छन् ।

बुधवार बसेको प्रतिनिधि सभामा बैठकमा सांसदहरुले निजी क्षेत्रलाई ऊर्जा व्यापार गर्नको लागि तत्काल नीति बनाउन माग गरेका हुन् । त्यस्तै,विभिन्न जलविद्युत आयोजना प्रशताव अगाडि नबढाउन र अगाडि बढेका जलविद्युत आयोजनाहरुको तत्काल काम थालनी गर्न पनि माग गरेका छन् ।

संसद बैठकको विशेष समयमा बोल्दै सांसद राजेन्द्रप्रसाद पाण्डेले बुढीगण्डकी आयोजना तत्काल निर्माण शुरु गर्न सरकारसँग माग गर्नुभयो । उहाँले आयोजना निर्माण शुरु गर्ने प्रतिवद्धता जनाउन सरकारको नाममा रुलिङ गर्न सभामुखलाई आग्रह गर्नुभयो । उहाँले गोरखा र धादिङको सीमानामा बुढीगण्डकी नदीमा बन्ने १२ सय मेगावाटको जलाशययुक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन पनि स्वीकृत भइसकेको भन्दै तत्काल निर्माण गर्न माग गर्नुभएको हो ।

उहाँले आयोजना निर्माणका लागि अब २ खर्ब ६० अर्ब भए पुग्ने र सरकारले यही आयोजनाका लागि भनेर पेट्रोलियम पदार्थमार्फत १ खर्ब रुपैयाँ भन्दा बढी संकलन गरिसकेको बताउनु भयो । उहाँले आयोजनाको मुआब्जा वितरणमा सरकारले ४१ अर्ब रुपैयाँ खर्च गरिसकेको भन्दै आयोजना निर्माण गरी जलविद्युत, पर्यटन र माछापालनबाट लाखौं मान्छेले रोजगारी र व्यवसाय गर्नसक्ने बताउनु भयो । उहाँले बुढीगण्डकी आयोजनाका लागि पेट्रोलियम पदार्थबाट संकलन गरेको रकम सरकारले अन्यत्र लगानी गरेको आरोप लगाउनु भयो ।

त्यस्तै, सांसद श्यामकुमार घिमिरेले निजी क्षेत्रले विदेशमा ऊर्जा व्यापार गर्नसक्ने कानून बनाउन माग गर्नुभयो । उहाँले निजी क्षेत्रलाई विद्युतको आपूर्ति र व्यापारमा सहभागि हुन पाउने व्यवस्था पनि कानूनमा उल्लेख हुनुपर्ने बताउनु भयो । उहाँले मंगलवारदेखि शुरु भएको पावर समिटमा प्रधानमन्त्रीले आगामी २०२५ सम्ममा हिउँदमा पनि विद्युत निर्यात गर्नसक्ने बताउनुभएको भन्दै त्यसका लागि बजारिकरणलाई सशक्त बनाउन निजी क्षेत्रलाई पि टू पि माध्यमबाट विदेशमा ऊर्जा व्यापार गर्नसक्ने कानून तत्काल बनाउन माग गर्नुभयो । उहाँले निजी क्षेत्रलाई विद्युतको आपूर्ति र व्यापारमा सहभागि हुन पाउने व्यवस्था सोही कानूनमा उल्लेख गर्न माग गर्नुभयो । उहाँले नेपाल विद्युत प्राधिकरणलाई समेत थप प्रतिस्पर्धी र प्रभावकारी बनाउन पनि माग गर्नुभयो ।

त्यस्तै, प्रतिनिधि सभा सांसद इश्वरी घर्तीले नेपालले भारतलाई विद्युत बेच्नु नेपालको लागि गौरवको विषय भएको बताउनु भयो । उहाँले भारतलाई नेपालले विद्युत बेच्दा खुशी हुनुपरे पनि नेपालको रोल्पा जिल्लामा ३० प्रतिशत भन्दा बढी जनताहरु विद्युतको पहँुच भन्दा बाहिर रहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले रोल्पा जिल्लाका विभिन्न स्थानमा विद्युत बिस्तारका लागि त्रिपुरेश्वर डिभान्स जेभि कम्पनी काठमाडौंले ३७ करोड ६४ लाखमा योजना सम्झौता गरी १८ महिनाभित्र विद्युत बिस्तार गरिसक्ने शर्तमा साढे ६ करोड भन्दा माथि रकम पेस्की लिएर सम्झौता भएको अढाई वर्ष पुग्न लाग्दा समेत काम नगर्दा रोल्पामा विद्युत बिस्तार अलपत्र अवस्थामा रहेको बताउनु भयो। उहाँले समयमा काम नगर्ने ठेकेदार र कम्पनीलाई तत्काल कारबाही गरी उक्त सम्झौता खारेज गरेर नयाँ प्रक्रियामा गई रोल्पामा विद्युत बिस्तार अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।

त्यस्तै,अर्का सांसद दयालबहादुर शाहीले नेपाल विद्युत कम्पनी लिमिटेडबाट प्रश्तावित मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजना तत्काल रोक्न आग्रह गर्नुभयो । उहाँले धेरै बस्ती र उर्वरभूमी डुबान गरेर बनाउने जलविद्युत आयोजना आवश्यक नभएको बताउनु भयो ।

उहाँले उक्त आयोजनाले बाजुरा जिल्लाका ४ वटा पालिका प्रत्यक्ष प्रभावित हुने बताउनु भयो । उहाँले सरकारले कर्णाली र सुदूरपश्चिम भनेर हेप्न खाजेको भन्दै वुटवल पावर कम्पनी र सचिवहरुको लापरवाही तत्काल रोक्न माग गर्नुभयो । उहाँले सत्तागठबन्धन सत्ताको भेटी चढाउने नियत अन्तर्गत मुगु कर्णाली जलाशय युक्त जलविद्युत उत्पादन गर्ने हतारमा विज्ञापन गरेको आरोप लगाउनु भयो ।