७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

अरविन्द र मुस्ताफाको शतकीय इनिङ्समा युएईले कुवेतलाई १४३ रनले हरायो



अ+ अ-

काठमाडौँ । एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई)ले विजयी सुरुवात गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सम्पन्न आफ्नो पहिलो खेलमा यएईले कुवेतलाई १४३ रनले पराजित गरेको हो ।

जितका लागि ३७२ रनको विशाल लक्ष्य पछ्याएको कुवेतले ३६.३ ओभरमा अलआउट हुँदै २२८ रनमात्रै बनाउन सक्यो ।

कुवेतका सायद मोनीवले सर्वाधिक ६८ रन जोडे । ३६ बल खेलेका उनले ५ चौका र ६ छक्का प्रहार गरे । यस्तै, परविन्दर कुमारले २६ बलमा ५३ रन जोड्दा मोहम्मद असलामले ३३, उस्मांगनी इब्राहिमले १६, यसिन पटेलले १४ र मीत भावसारले १० रन जोडे ।

युएईका लागि बलिङतर्फ जुनैद सिद्धिकी र कार्तिक मियप्पनले तीन–तीन विकेट लिँदा सञ्चीत शर्मा, आयान अफजल खान, जहुर खान र रोहन मुस्ताफाले एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३७१ रनको योफगल बनाएको थियो । युएईका लागि वृत्य अरविन्द र रोहन मुस्ताफाले शतक प्रहार गरे । अरविन्दले एक सय ४७ बलमा १७ चौका र ९ छक्काको मद्दतमा सर्वाधिक १८५ रन बनाए ।

त्यस्तै मुस्ताफाले एक सय २५ बलमा १० चौका र चार छक्काको मद्दतमा ११८ रन बनाए । आसिफ खानले ३० रन जोडे ।

कुवेतका लागि शाहरुख क्युदुस परविन्दर कुमारले दुई विकेट लिए भने यासिन पटेल र सायद मोनिबले समान एक–एक विकेट लिए ।