४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य तत्काल सुरु गर्न सांसद पाण्डेको माग

बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य तत्काल सुरु गर्न सांसद पाण्डेको माग
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष एवम् सांसद राजेन्द्रप्रसाद पाण्डेले अलपत्र अवस्थामा रहेको बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्यलाई तत्काल सुरु गर्न सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउनु भएको छ ।

मुलुकको सबैभन्दा ठूलो सो जलविद्युत आयोजनाको कामलाई अघि बढाउन नचाहेको देखिएको उल्लेख गर्दै उहाँले त्यसको कारणबारे सरकारले संसदलाई जानकारी गराउनुपर्ने पनि बताउनु भयो । बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उपाध्यक्ष पाण्डेले समय सीमा निर्धारण गरेर सो जलविद्युत आयोजनाको कामलाई अघि बढाउन सरकारले ढिलाई गर्न नहुने पनि पटकपटक दोहोर्‍याउनु भयो ।

उहाँले भन्नु भयो, राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकी जलविद्युत आयोजना अलपत्र अवस्थामा रहेको छ । आयोजना निर्माणका लागि मोडालिटी पनि तयार भईसकेको छ । अर्थ मन्त्रालय, ऊर्जा मन्त्रालय, नेपाल विद्युत प्राधिकरण सेयर होल्डर बनेर यसको निर्माण कम्पनी पनि बनिसकेको छ । र, यो यति ठूलो कम्पनी हो । यो आयोजना निर्माणका सरकारको ध्यान पुगेन । अहिलेसम्म पनि अलमलमै छ । म सभामुखमार्फत यो आयोजना तत्काल निर्माण गर्नेगरी यो सुरुवात गरियोस् । म सरकारलाई चाँडो भन्दा चाँडा यो रोष्टममा आएर उभिएर हामी यतिसाल भित्र यो आयोजनालाई सम्पन्न गर्ने गरी निर्माण कार्य सुरु गर्छौं भनेर बोल्नका लागि सभामुखबाट रुलिङहोस् भन्ने माग गर्न चाहन्छु ।

उपाध्यक्ष पाण्डेले सो आयोजना निर्माणको काम छिटो सम्पन्न गर्न सके मुलुकमा ठूलो आर्थिक योगदान पुग्ने र रोजगारीको अवसर सृजना हुनेतर्फ सरकारलाई सचेत गराउनु भयो ।