२८ फाल्गुन २०८१, बुधबार
March 12, 2025 Wednesday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 20.02

Wind: 5.66

Humidity: 64

Latest
संसदमा चैत ७ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने सहकारी क्षेत्रमा देखिएका विकृति र अनियमितताको निराकरण गर्न विधेयक ल्याइएको होः मन्त्री अधिकारी युक्रेन युद्धविराम प्रस्तावबारे अमेरिकी सूचना पर्खिरहेको क्रेमलिनको भनाइ न्यून भिजिविलिटीका कारण विमान आकाशमै ‘होल्ड’ महासंघको कोषाध्यक्षमा भरत आचार्य मनोनित भन्सार जाँच पासपछि अनुसन्धान नाममा व्यवसायीलाई दुःख नदिन सांसदहरुको जोड स्ववियु चुनावः ८२ क्याम्पसमा अध्यक्ष निर्विरोध, अनेरास्ववियु पहिलो स्थानमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा–छेन्दु उडान हुँदै आर्थिक तथा व्यवसायिक वातावरण सुधारसम्बन्धी विधेयकले मुलुकलाई समृद्धितर्फ अगाडि बढाउँछः अर्थमन्त्री पौडेल नेपाल नामिबियासँग २३ रनले पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

जग्गा कित्ताकाट खुल्ला गर्ने निर्णयको संसदमा विरोध



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारले गरेको जग्गा कित्ताकाट खुल्ला गर्ने निर्णयको विरोध भएको छ । नेकपा (एमाले) की सांसद सरस्वती सुब्बाले मंगलबार बसेको मन्त्रिपरिषद बैठकले जग्गा कित्ताकाट खुल्ला गर्ने निर्णयको विरोध गर्नुभएको हो ।

बैठकमा सभामुखसँग आकस्मिक समय माग्दै उहाँले हिजो बसेको मन्त्रिपरिषद्को बैठकले भूउपयोग नियमावली २०७९ लाई संशोधन गर्दै जग्गाको कित्ताकाट खोल्ने समाचार सुन्दा दु:ख लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाल खाद्य संकटको मारमा छ । जलवायू परिवर्तनको उच्च जोखिममा छ । मौलिक हकअन्तर्गत रहेका खाद्य सम्प्रभूता, सुरक्षित आवासलगायत सम्पूर्ण व्यवस्था कार्यान्वयन हुन सकेको छैन । विश्व परिवेशलाई हेर्दा सन् १९९६ मा पहिलो खाद्य सम्मेलन हुँदा ८० करोड जनता खाद्य जोखिममा थिए । अहिले यो संख्या बढेर २ अर्ब ३० करोड पुगेको छ ।”

नेपालमा खाद्यान्न आयातको अवस्था डरलाग्दो रहेको भन्दै तयार पारिएको भूउपयोग नीति १० वर्ष हुँदा पनि कार्यान्वयन नभएको उहाँले बताउनुभयो । सांसद सुब्बाले भूउपयोग नीति लागू नगरी पुरानै अवस्थामा कित्ताकाट खोल्नु देश र जनता विरुद्धको काम भएको भन्दै सरकारको निर्णयले जमिनको खण्डीकरण बढाउने र कृषि क्षेत्रलाई समाप्त पार्ने बताउनुभयो ।