९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जग्गा कित्ताकाट खुल्ला गर्ने निर्णयको संसदमा विरोध



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारले गरेको जग्गा कित्ताकाट खुल्ला गर्ने निर्णयको विरोध भएको छ । नेकपा (एमाले) की सांसद सरस्वती सुब्बाले मंगलबार बसेको मन्त्रिपरिषद बैठकले जग्गा कित्ताकाट खुल्ला गर्ने निर्णयको विरोध गर्नुभएको हो ।

बैठकमा सभामुखसँग आकस्मिक समय माग्दै उहाँले हिजो बसेको मन्त्रिपरिषद्को बैठकले भूउपयोग नियमावली २०७९ लाई संशोधन गर्दै जग्गाको कित्ताकाट खोल्ने समाचार सुन्दा दु:ख लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाल खाद्य संकटको मारमा छ । जलवायू परिवर्तनको उच्च जोखिममा छ । मौलिक हकअन्तर्गत रहेका खाद्य सम्प्रभूता, सुरक्षित आवासलगायत सम्पूर्ण व्यवस्था कार्यान्वयन हुन सकेको छैन । विश्व परिवेशलाई हेर्दा सन् १९९६ मा पहिलो खाद्य सम्मेलन हुँदा ८० करोड जनता खाद्य जोखिममा थिए । अहिले यो संख्या बढेर २ अर्ब ३० करोड पुगेको छ ।”

नेपालमा खाद्यान्न आयातको अवस्था डरलाग्दो रहेको भन्दै तयार पारिएको भूउपयोग नीति १० वर्ष हुँदा पनि कार्यान्वयन नभएको उहाँले बताउनुभयो । सांसद सुब्बाले भूउपयोग नीति लागू नगरी पुरानै अवस्थामा कित्ताकाट खोल्नु देश र जनता विरुद्धको काम भएको भन्दै सरकारको निर्णयले जमिनको खण्डीकरण बढाउने र कृषि क्षेत्रलाई समाप्त पार्ने बताउनुभयो ।