३ भाद्र २०८३, बुधबार
,
Latest
साइबर आक्रमणपछि ओपनएआइद्वारा उन्नत एआई विकासमा लगाम जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव भूकम्प पीडितको निजी आवास निर्माणबारे गृहमन्त्रीको ब्रिफिङः समस्या समाधानका लागि कार्यदल गठन जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

चर्च ब्वाईज र थ्री स्टारको बराबरी, हिमालयन शेर्पाको पोस्टमा फ्रेन्ड्सको आधा दर्जन गोल



अ+ अ-

काठमाडौँ । स्टार खेलाडीले भरिएको चर्च ब्वाईज क्लबले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा सोमवार थ्री स्टार क्लवसँग बराबरी खेल्दै अंक बाँड्दा अर्को खेलमा फ्रेन्ड्स क्लबले हिमालयन शेर्पालाई ६–० को फराकिलो अन्तरले पराजित गरेको छ ।

च्यासल मैदानमा सम्पन्न खेलमा चर्च ब्वाईज र थ्री स्टारले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हो । यससँगै चर्च ब्वाईजले शीर्ष स्थानको जावलाखेल युथ क्लवसँग अंक बराबरी गर्ने मौका गुमाएको छ । प्रतिष्पर्धात्मक बनेको खेलमा दुवै टोलीले निर्धारित ९० मिनेटको खेलमा राम्रा अवसर पाएका थिए । तर दुवै टोलीका स्ट्राइकरले अवसरलाई सदुपयोग गर्न सकेनन् । शुरुवात बलमा पकड र आक्रामक खेल पस्किएपनि चर्च ब्वाइज गोल निकाल्न असफल भएको थियो ।

खेलको चौथो मिनेटमा गगनदीप सिंहको लामो प्रहार थ्री स्टारका गोलकिपर मोहमद ताहाले पन्च गर्दै बाहिर पठाएपछि चर्च ब्वाईजको पहिलो अवसर खेर गएको थियो । खेलको ३६ औं मिनेटमा चर्च ब्वाइजका आशिष चापागाईले गोलको अवसर गुमाए । थ्री स्टारका पिटर सेगुनबाट बल खोसेर वान भर्सेस वानमा प्रहार गरेको बल पोस्टको नजिकैबाट बाहिरिएको थियो । खेलको ७६ औं मिनेटमा चर्च ब्वाइजका मिलन राईको सशक्त प्रहार थ्री स्टारका गोलकिपर मोहमद ताहाले बचाए । यस बराबरीसँगै थ्री स्टारले ९ खेलमा १५ अंक जोडेको छ । चर्च ब्वाइजले १५ अंक जोडेको छ ।

लिग अन्तर्गत सोमवार नै भएको अर्को खेलमा फ्रेन्ड्सले हिमालयन शेर्पाबिरुद्ध अप्रत्यासित नतिजा निकालेको छ । ललितपुरस्थित एन्फा मुख्यालयको मैदानमा भएको खेलमा फ्रेण्ड्सले हिमालयन शेर्पाबिरुद्ध ६–० को एकतर्फी जित निकालेको हो । फ्रेण्ड्सको जितमा राफिक अमिनुले दुई गोल गरे भने अमित तामाङ, उत्तम राई, टोरिक जेब्रिन र अखरबेक उक्तामोभले टोलीका लागि एक÷एक गोल गरे । यस जितपछि फ्रेन्ड्सले राजधानीमा जारी लिगमा दोस्रो जित निकालेको छ भने ९ खेलबाट तालिकामा ८ अंक बनाएको छ र रेलिगगेश क्षेत्र भन्दा माथि उक्लिएको छ । उता हिमालयन शेर्पाले समान ९ खेलबाट ९ अंक नै जोडेको छ ।

यससँगै शहीद स्मारक ए डिभिजन लिगमा नवौं चरणका खेल पनि सकिएका छन् । जावलाखेल युथ क्लव १७ अंकका साथ तालिकाको शीर्ष स्थानमा अटाउँदा सातदोबाटो युथ क्लव समान अंक भएपनि गोल अन्तरले पछि दोस्रो स्थानमा छ । विभागीय टोली नेपाल पुलिस क्लब रेलिगेशन क्षेत्रको अन्तिम स्थानमा छ ।