१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू

बालकोट वार्ता : प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद् बैठक चाँडै बोलाइने

बालकोट वार्ता : प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद् बैठक चाँडै बोलाइने
अ अ+ अ-

काठमाडौँ । प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा संवैधानिक परिषद् बैठक चाँडै बोलाएर प्रधानन्यायाधीश सिफारिस गर्ने सहमति भएको छ ।

संसद्मा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकमा प्रधानन्याधीश सिफारिस गर्ने सहमति भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

उनले भने, ‘सर्वोच्च अदालतको प्रधानन्यायाधीश कार्यवाहक हुनुहुन्छ । लामो समयदेखि सर्वोच्चको नेतृत्वनै कार्यवाहकमा भएकाले यो स्थिति रहनुहुँदैन भन्ने कुरामा प्रधानमन्त्रीले पहल गर्नुभयो । स्थायी नियुक्तीका लागि पहल गर्नुभयो । त्यसमा प्रधानमन्त्री, कांग्रेस सभापति देउवा र ओलीजीबीच सहमति भएको छ ।’

शीर्ष नेताहरुबीच संवैधानिक परिषद्को बैठक राख्ने विषय सहमति भएकोसमेत उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी टिआरसी विधेयक, संसद् सञ्चालन र समिति गठनको विषयमा पनि नेतृत्वबीच सहमति जुटेको उहाँले पत्रकारहरुलाई बताउनुभयो । संवैधानिक परिषद्को बैठकको मिति प्रधानमन्त्रीले तोकेर खबर गर्ने कुरा भएको नेता लेखकले बताउनुभयो ।