२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ News Polar इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्छुः कर्ण News Polar काठमाडौंका सडकमा रातभर रोड मार्किङ, मुख्य सडकको काम दशैँअघि सकिने News Polar विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम News Polar सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ News Polar राजधानीमा नेपथ्य साँझ” कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान News Polar दशैँअघि नै सञ्चालनमा ल्याउने गरी आरुघाट पुलमा बेलिब्रिज जडानको काम सुरु News Polar सातै प्रदेशको सहभागितामा विपद् व्यवस्थापन कोष बनाउन मुख्यमन्त्री थापाको प्रस्ताव News Polar बुटवलमा चाडपर्वमा लक्षित नागरिक सहायता कक्ष सञ्चालन News Polar भोटेकोशी बाढीको पाठ : विपद् प्रतिकार्यमा पूर्वतयारी र समन्वयको महत्त्व News Polar मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी News Polar पूर्वाधार विकासमा लगानी बढाउन १ खर्ब अधिकृत पुँजीको कोष स्थापना गर्ने प्रस्ताव News Polar दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो News Polar इजरायलसँग उच्चस्तरीय भ्रमण अघि बढाउने र नेपाली श्रमिकको लागत घटाउने कर्णको प्रतिबद्धता News Polar आर्थिक र श्रम कूटनीतिलाई प्राथमिकता दिने सरु जोशीको प्रतिबद्धता News Polar दाताकेन्द्रित सोच त्यागेर राष्ट्रिय हितमा काम गर्न प्रस्तावित राजदूत जोशीलाई चौलागाईंको सुझाव News Polar जर्मनीका लागि प्रश्तावित राजदुत जोशीलाई सांसद पुनको प्रश्नः ‘विदेशमा रहेका नेपालीको मताधिकार र श्रम गन्तव्यको सुरक्षा कसरी हुन्छ ?’ News Polar जर्मनका लाकिग प्रश्तावित राजदुत जोशीसमक्ष एमाले सांसदहरूको प्रश्नः ‘श्रम शोषण र व्यापार घाटा न्युनिकरणको कार्ययोजना के छ ?’ News Polar जर्मनीसँग आर्थिक कूटनीति र श्रम सम्झौतालाई प्रभावकारी बनाउने सरु जोशीको प्रतिबद्धता News Polar सरकारका हरेक गतिविधि लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित हुनुपर्छः महासचिव पोखरेल

विपत्तिको घडीमा स्काउटले महत्वपूर्ण भूमिका खेलेको छ : मुख्यमन्त्री पौडेल

विपत्तिको घडीमा स्काउटले महत्वपूर्ण भूमिका खेलेको छ : मुख्यमन्त्री पौडेल
अ अ+ अ-

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्राकृतिक विपत्तिको घडीमा पीडितको उद्धार, राहतलगायत कार्यमा स्काउटको भूमिका महत्वपूर्ण हुने गरेको बताउनुभएको छ । 

नेपाल स्काउटको स्थापना दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले स्काउटले विश्वव्यापी फैलिएको कोभिड महामारीमा सुरक्षात्मक मापदण्डको परिपालनाका लागि सचेतना प्रवाह गर्न तथा शव व्यवस्थापनलगायत कार्यमा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभएको छ । 

“नेपाल स्काउटको ७०औँ स्थापना दिवसका अवसरमा स्काउट अभियानमा जोडिनु भएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु, प्राकृतिक विपत्तिको घडीमा पीडितहरुको उद्धार, राहतलगायत कार्यमा स्काउट सधैँ अग्रपङ्क्तिमा उभिँदै आएको छ, बालबालिका तथा युवाहरुको शारीरिक, बौद्धिक, सामाजिक, आध्यात्मिक र संवेगात्मक भवनाको विकास गराई राष्ट्र निर्माणमा समर्पित गराउने उद्देश्यका साथ विश्वमा सन् १९०७ र नेपालमा विसं २००९ ९सन् १९५२० मा स्काउटिङ अभियानको शुरुआत भएको हो”, मुख्यमन्त्री पौडेलले जारी गर्नुभएको सन्देशमा भनिएको छ । 

देशको भविष्यका रुपमा रहेका बालबालिका तथा वर्तमानका साझेदार एवम् विकास र समृद्धिका बलियो आधारस्तम्भका रुपमा रहेका युवालाई चरित्रवान्, नैतिक र स्वावलम्बी शिक्षा सिकाइ उनीहरुलाई सानै उमेरदेखि नै साहसिक क्रियाकलाप, विपद् व्यवस्थापन, सामुदायिक कार्य, स्वयम्सेवी भावनाको विकास गर्न नेपाल स्काउटको भूमिका उल्लेखनीय रहँदै आइरहेको सन्देशमा उल्लेख छ । 

समयसापेक्ष तालीम तथा क्षमता अभिवृद्धिका कार्यक्रममार्फत विपद्को अवस्थामा उद्धार, अन्य मानवीय सहायता, विपद् व्यवस्थापनलगायतका क्षेत्रमा आपत्कालीन अवस्थामा स्थानीय स्तरमा अग्रणी भूमिका निर्वाह गर्न सक्ने गरी स्काउटलाई तयारी गर्नु आवश्यक रहेको उहाँको भनाइ छ । यसतर्फ दृष्टिगत गर्दै बालबालिका र युवाको सर्वपक्षीय विकासका स्काउट अभियानलाई प्रदेशका सबै विद्यालय र समुदायस्तरमा विस्तार गर्न वाग्मती प्रदेश सरकारले विशेष प्राथमिकता दिएको मुख्यमन्त्री पौडेलले सन्देशमा उल्लेख गर्नुभएको छ ।