२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु News Polar विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ News Polar इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्छुः कर्ण News Polar काठमाडौंका सडकमा रातभर रोड मार्किङ, मुख्य सडकको काम दशैँअघि सकिने News Polar विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम News Polar सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ News Polar राजधानीमा नेपथ्य साँझ” कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान News Polar दशैँअघि नै सञ्चालनमा ल्याउने गरी आरुघाट पुलमा बेलिब्रिज जडानको काम सुरु News Polar सातै प्रदेशको सहभागितामा विपद् व्यवस्थापन कोष बनाउन मुख्यमन्त्री थापाको प्रस्ताव News Polar बुटवलमा चाडपर्वमा लक्षित नागरिक सहायता कक्ष सञ्चालन News Polar भोटेकोशी बाढीको पाठ : विपद् प्रतिकार्यमा पूर्वतयारी र समन्वयको महत्त्व News Polar मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी News Polar पूर्वाधार विकासमा लगानी बढाउन १ खर्ब अधिकृत पुँजीको कोष स्थापना गर्ने प्रस्ताव News Polar दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो News Polar इजरायलसँग उच्चस्तरीय भ्रमण अघि बढाउने र नेपाली श्रमिकको लागत घटाउने कर्णको प्रतिबद्धता News Polar आर्थिक र श्रम कूटनीतिलाई प्राथमिकता दिने सरु जोशीको प्रतिबद्धता News Polar दाताकेन्द्रित सोच त्यागेर राष्ट्रिय हितमा काम गर्न प्रस्तावित राजदूत जोशीलाई चौलागाईंको सुझाव News Polar जर्मनीका लागि प्रश्तावित राजदुत जोशीलाई सांसद पुनको प्रश्नः ‘विदेशमा रहेका नेपालीको मताधिकार र श्रम गन्तव्यको सुरक्षा कसरी हुन्छ ?’ News Polar जर्मनका लाकिग प्रश्तावित राजदुत जोशीसमक्ष एमाले सांसदहरूको प्रश्नः ‘श्रम शोषण र व्यापार घाटा न्युनिकरणको कार्ययोजना के छ ?’ News Polar जर्मनीसँग आर्थिक कूटनीति र श्रम सम्झौतालाई प्रभावकारी बनाउने सरु जोशीको प्रतिबद्धता

आइएमएफद्वारा विश्वव्यापी उष्णता सिमित गर्न बढी कार्बन उत्सर्जन गर्ने मुलुकका लागि योगदान सीमा प्रस्ताव

आइएमएफद्वारा विश्वव्यापी उष्णता सिमित गर्न बढी कार्बन उत्सर्जन गर्ने मुलुकका लागि योगदान सीमा प्रस्ताव
अ अ+ अ-

एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले शुक्रबार विश्वव्यापी उष्णता (ग्लोबल वार्मिंग) लाई कम गर्न र यस दशकमा कार्बनको बृद्धि न्यून विन्दूमा पु¥याउन सहयोग पु¥याउन अन्तर्राष्ट्रिय कार्बन मूल्य सीमा स्थापना गर्ने प्रस्ताव गरेको छ । 

“कार्बनमा बिस्तारै बढ्दो मूल्यले नयाँ र नवीकरणीय उर्जा, स्वच्छ गतिशीलता, र कार्बन प्रबिधिको प्रयोगलाई न्यून बनाउन प्रोत्साहित गर्नेछ,” आईएमएफका प्रबन्ध निर्देशक क्रिस्टलिना जर्जियावाले ब्रुकिंग्स इन्स्टिच्युसनद्वारा आयोजना गरेको एक कार्यक्रममा बताउनुभयो ।

“विश्वब्यापी तापक्रमलाई १.५ प्रतिशतदेखि दुई प्रतिशतसम्म सीमित गर्न सन् २०३० सम्ममा उत्सर्जनलाई एक चौथाईबाट ५० प्रतिशतसम्म कटौती गर्नुपर्ने आवश्यक हुन्छ र यो दशकको अन्त्यसम्ममा प्रति टन ७५ अमेरिकी डलर बराबरको योगदानको वैश्विक उपायबिना यस्तो सम्भावना हुँदैन,” उहाँले भन्नुभयो । हालको विश्वव्यापी औसत उत्सर्जन मूल्य प्रतिटन तीन डलर मात्र रहेको छ ।

विश्वभर ६० भन्दा बढी नेशनल तथा सबनेशनल कार्बन मूल्य निर्धारण योजनाहरूको साथ प्रगति भएको उल्लेख गर्दै जर्जियावाले भन्नुभयो, “यस क्षेत्रका लागि हामीले धेरै लामो सहयात्रा गर्नुछ ।”

जर्जियावाले भन्नुभयो, “आईएमएफका अधिकारीहरूले शुक्रवार अन्तर्राष्ट्रिय कार्बन उत्सर्जन सीमा प्रस्ताव प्रकाशित गरेका छन् जुन यस दशकको अवधिमा कार्बन बृद्धिलाई न्यून विन्दूमा छिट्टै पु¥याउने लक्ष्य हासिल गर्न कसरी मद्दत गर्दछ भन्ने कुरा तय गर्छ ।”

उहाँले योगदान सीमाबारे तीन महत्वपूर्ण तत्वहरूलाई जोड दिँदै भन्नुभयो, “यसले केही ठूला उत्सर्जनकर्ताहरूमा ध्यान केन्द्रित गर्दछ । जस्तै केही वा सबै जी–ट्वन्टी समूह राष्ट्रको सम्झौता कार्बन उत्सर्जनको न्यूनतम योगदानको बिषयले विभिन्न देशहरूमा ‘एकैसाथ काम’ गर्ने अनुमति दिनेछ । समान कार्बन यौगदान सीमा सम्झौता ‘लचिलो, व्यावहारिक, र न्यायसङगत“ हुनेछ र विभिन्न विकास स्तरहरू र ऐतिहासिक उत्सर्जनको आधारमा भिन्नभिन्न मूल्य निर्धारणका साथ देशहरूमा विभिन्न जिम्मेवारीहरूको लागि सुरूवात हुनेछ ।”

आईएमएफ प्रमुखले भन्नुभयो, “कार्बन मूल्य सीमा व्यवस्थाको मतलब कार्बन कर समान हुँदैन । “जबकि कर एक कुशल संयन्त्र हो, कार्बन उत्सर्जन योगदान सीमाले नियमन वा उत्सर्जन व्यवसायमा समान परिणाम प्राप्त गर्दछ साथै अन्य नीति तथा उपायमार्फत् यसले काम गर्न सक्दछ ।”