१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू

माओवादी सांसदहरुले काँग्रेस महामन्त्री थापालाई भनेः उत्तेजनामा होइन, सोचेर बोल्नुहोस्

माओवादी सांसदहरुले काँग्रेस महामन्त्री थापालाई भनेः उत्तेजनामा होइन, सोचेर बोल्नुहोस्
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सचिव तथा सांसद देवेन्द्र पौडेलले सरकारलाई सफल बनाउने दायित्व नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाको पनि भएको भन्दै सरकारलाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचिव पौडेलले सरकारलाई सफल बनाउने जिम्मेवारी गठबन्धन दलका प्रमुख नेता भएकाले काँग्रेस महामन्त्री थापाको पनि भएको बताउनु भयो । उहाँले थापाले सार्वजनिक मञ्चहरुबाट सरकारको आलोचना गरिरहेको भन्दै आलोचनाले सरकार सफल नहुने बताउनु भयो । उहाँले सरकारको आलोचना नगरी सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले गठबन्धनलाई जोगाएर जनताको अपेक्षा अनुसारको काम गर्नुपर्ने बताउनु भयो ।

पौडेलले सरकारका कमी, कमजोरीका बारेमा सल्लाह, सुझाव दिनुपरे प्रधानमन्त्रीलाई भेटेर दिन महामन्त्री थापालाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो – ‘गगन थापा हाम्रो गठबन्धनको मुल पार्टीको प्रमुख व्यक्ति हुनुहुन्छ । सरकारलाई सफल बनाउने दायित्व उहाँको पनि हो । आलोचना गरेर मात्रै सफल हुन्न । सहयोग गरेर पनि सफल हुन्छ । त्यसकारणले यो गठबन्धनलाई जोगाउने र गठबन्धनबाट जनताका डेलिभरीका कामहरु गर्नको निम्ति टेबलमा बसेर उठेका विषयहरु सुझाव दिएर सफल बनाउने होला नि सरकारलाई गठबन्धनले । विरोध गरेर सरकार सफल हुन्न । सहयोग गरेर सफल हुन्छ । मेरो सुझाव के छ भने त्यसप्रकारका कमी कमजोरी छन् भने प्रधानमन्त्रीसँग समय लिएर, उपप्रधानमन्त्रीसँग समय लिएर उहाँले सुझाव राख्दा राम्रो ।’

सचिव पौडेलले माओवादी आन्दोलनलाई पुनःजीवित गर्नुको विकल्प नभएको बताउनु भयो । उहाँले माओवादी घटकहरु छिटोभन्दा छिटो एकतावद्ध हुनुपर्ने बताउनु भयो । उहाँले एकतावद्ध हुन ढिलो गरे ढुङ्गा खाने स्थिति आउनसक्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘एकता आवश्यक छ । ढिलो भएको छ । साथीहरु किन ढिलो गर्नुभएको छ ? सिनियर साथीहरु जसले माओवादी छोडेर केही गर्छौं भन्नुभएको थियो उहाँहरुले पनि गम्भिरतापूर्वक सोच्न जरुरी छ । र माओवादी भित्रका हामीहरुले पनि छिटोभन्दा छिटो माओवादी आन्दोलनलाई पुनःजिवित गर्नको निम्ति अगाडी बढ्नुको विकल्प छैन । त्यसको निम्ति सबै माओवादी घटकहरुलाई म विशेष अनुरोध गर्न चाहन्छु, अब ढिला नगरौँ । ढिला नगरौँ, ढिला गर्दा ढुङ्गा खाने स्थिति आउनसक्छ । त्यसकारण छिटोभन्दा छिटो पुनःगठित हुने, शक्ति आर्जन गर्ने र अगाडी बढ्नुको विकल्प छैन ।’

सञ्चारकर्मीसँग कुराकानी गर्दै नेकपा(माओवादी केन्द्र)का सांसद महेन्द्रबहादुर शाहीले नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकारको आलोचना गर्नु राम्रो नभएको बताउनु भयो । उहाँले महामन्त्री थापालाई उत्तेजनामा नभई सोच, विचार गरेर बोल्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘अहिलेपनि सरकारमा जाने मामिलामा, बोल्दा त उहाँहरु आवश्यकता चाहीँ हो अहिलेको भन्नेकुरा नै बोल्नुहुन्छ । तर सरकारलाई नजिक बसेर सहयोग गर्ने भन्दापनि आलोचना बढी गरिराख्नुभएको छ । यो राम्रो कुरा होइन सरकारमा रहेको पार्टीले र जिम्मेवार नेताले । सामान्य सांसदले बोल्ने कुरा एउटा कुरा हो उहाँ त महामन्त्री नि हो । उहाँले बोल्नेकुरा अलिकति ध्यान दिएर, धेरै कुरा सोच विचार गरेर बोल्नुप¥यो । उत्तेजनामा आएर जे मनलाग्यो त्यही बोलिहाल्ने भन्दापनि सोच विचार गरेर बोल्नुपर्छ ।’

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले संसदमा एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीप्रति अमर्यादित र अशिष्ट टिप्पणी गरेको भन्दै खेद प्रकट गर्नुभयो । उहाँले पन्तले प्रतिनिधि सभा नियमावली विपरित प्रधानमन्त्रीप्रति टिप्पणी गरेको भन्दै बिरोध जनाउनु भयो । उहाँले सांसद पन्तले आफू सदनमा आएको कुरा नै बिर्सेर संसदलाई गाईजात्रा ठानेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘संसदमा माननीय रघुजी पन्तले प्रधानमन्त्रीप्रति गरेको टिप्पणी अमर्यादित, अशिष्ट र अपमानजनक छ । प्रधानमन्त्री हराएको भनेर, यो सदन त कुनै गाइजात्रा होइन । रघुजी पन्तले म सदनमा आएको छु भन्ने कुरा नै बिर्सिनुभयो । सदन भनेको नीति, निर्माणको थलो हो । यहाँ व्यक्तिगत टिप्पणी गर्न पाइँदैन । व्यवस्थित ढंगले सरकारका कमजोरीहरुको आलोचना गर्न पनि पाइन्छ । तर व्यक्तिगत लाञ्छना, टिकाटिप्पणी, अमर्यादित, अस्वभाविक, अशिष्ट र अपमानजनक ढंगले उहाँले जो अभिव्यक्ति गर्नुभयो यो खेदजनक छ ।’

सांसद दाहालले प्रतिपक्ष दललाई व्यवस्थित ढंगले सरकारको आलोचना गर्न आग्रह गर्नुभयो ।