२१ आश्विन २०८१, सोमबार
,
Latest
निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो म्याग्दीमा अकबरे खुर्सानीको व्यावसायिक खेती
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली अस्वस्थ, उपनिर्वाचनको चुनावी अभियानमा सहभागि हुन नपाउँदा चिन्तित



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्यमा समस्या आएर उपनिर्वाचनको चुनावी अभियानमा सहभागि हुन नपाउँदा चिन्ता व्यक्त गरेका छन् ।

अध्यक्ष ओलीले समाजिक सञ्जालमार्फत आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै आफू चुनावी अभियानमा सहभागी हुने इच्छा भएपनि स्वास्थ्यका कारण उपस्थित हुन नसकेको बताएका हुन् ।

‘भाईरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ । अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु । तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारहरुको चुनावी अभियानमा सहभागि हुने मेरो इच्छा थियो । तर, अहिले म ती कार्यक्रमहरुमा सहभागि हुन सकिरहेको छैन ।’ ओलीले भनेका छन् ।

यस्तै ओलीले बैशाख १० मा हुने उपनिर्वाचनमा तनहुँ– १ मा सर्वेन्द्र खनाल, चितवन–२ मा राम न्यौपाने र बारा–२ मा पुरुषोत्तम पौडेललाई विजय गराउन मतदाताहरु समक्ष आग्रह समेत गरेका छन् । स्वास्थ्य अवस्था ठीक भएपछि उपयुक्त समयमा म भेट्न चुनावी अभियानमा जोडिने ओलीको भनाई छ ।