५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘संसदको विषयगत समितिहरु बन्न ढिलाइ हुँदा संसदीय प्रक्रियामाथि नै गतिरोध उत्पन्न भयो’



अ+ अ-

काठमाडौँ । नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले संसदको विषयगत समितिहरु बन्न ढिलाइ हुँदा संसदीय प्रक्रियामाथि नै गतिरोध उत्पन्न भएको बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचेतक बर्तौलाले विषयगत समितिहरु बन्न नसक्दा विधेयकहरु अगाडी बढ्न नसकेको बताउनु भयो । उहाँले समिति नहुँदा समग्र संसदीय प्रक्रियामा नै गतिरोध उत्पन्न भएको उल्लेख गर्दै समिति निर्माणमा दलहरु जिम्मेवार बन्नुपर्ने बताउनु भयो । उहाँले तत्काल समिति बनाउनुपर्ने माग गर्नुभयो । त्यस्तै सचेतक बर्तौलाले प्रधानमन्त्री संसदसँग डराएको भन्दै प्रधानमन्त्रीले सांसदहरुले उठाएको प्रश्नको जवाफ संसदबाट दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘एमालेको तर्फबाट विषयगत समितिमा रहने सांसदहरुको नाम टुंग्याइसकेका छौँ । भोलि बिहानसम्म हामी सभामुखलाई हस्तान्तरण पनि गर्छौं । यो प्रक्रियामा अन्य दलहरुपनि त्यत्तिकै जिम्मेवार बन्नुपर्छ । छिटो अगाडी बढाउनुपर्छ । यो नबन्दाखेरी धेरै विषयहरु अन्यौलतामा परेको छ । संसदमा विचाराधिन भएका वा टेबल भएका कयौँ विधेयकहरुले छलफलको कोर्समा जान सकेन । यो भनेको समग्र संसदीय प्रक्रियामाथिकै गतिरोध हो ।

संसदले नियमित समयमा सम्पन्न गर्नुपर्ने कामहरु सम्पन्न गर्ने सामथ्र्यमा यसले सामथ्र्य गुमाएको छ । सबै कुरा रोकिएको छ । तत्काल विषयगत समिति निर्माण गरौँ । कार्यपालिकाले संसदलाई छलेर हिड्नु हुँदैन । सदनदेखि प्रधानमन्त्री डराउनु हुँदैन । सांसदहरुले उठाएका देश र जनताकेन्द्रित मुद्दाहरुको बारेमा सदनमा आएर जवाफ दिने आँट, हिम्मत प्रधानमन्त्रीले गर्नुपर्छ । तर उहाँले यो हिम्मत गरिरहनुभएको छैन । प्रधानमन्त्रीले र मन्त्रीहरुले नियमित रुपमा सांसदको प्रश्नको जवाफ दिनुपर्छ । सरकार संसदप्रति पूर्ण जवाफदेही हुनुपर्छ ।’