१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवनियुक्त मन्त्री साउदको सपथलगत्तै घोषणा – प्रधानमन्त्रीको भारत भ्रमणको तयारी थालिने



अ+ अ-

काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको तयारीको कामलाई अगाडि बढाई हाल्ने बताउनु भएको छ ।

आइतबार सिंहदरबारस्थित आफ्नो कार्यालयमा पुगेर पदभार ग्रहण गरेलगत्तै उहाँले सो कामलाई अघि बढाइहाल्ने बताउनु भएको हो । प्रधानमन्त्री दाहालको भारत भ्रमणबारे सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री साउदले मन्त्रालयका सचिवलगायत त्यसको तयारीमा रहेका टिमहरुसँग ब्रिफिङ लिएर सो कामलाई अघि बढाउने बताउनु भयो । उहाँले आफूले नेपाललाई विश्वभर नै शान्तिप्रीय र लोकतान्त्रिक देशको रुपमा चिनाउन पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

मन्त्री साउदले छिमेकीसहितका देशहरुसँगको नेपालको सम्बन्ध सौहाद्रपूर्ण, शान्तिपूर्ण र सुमधुर सम्बन्ध रहि आएको उल्लेख गर्दै त्यसलाई अझै घनिष्ट बनाउँदै लैजाने पनि बताउनु भयो । उहाँले भन्नु भयो, ‘नेपाल शान्तिपूर्ण मुलुक हो । हामी संसारका सबै देशहरुसँग हाम्रो लामो समयदेखि इतिहासदेखि नै अत्यन्त सौहाद्रपूर्ण, शान्तिपूर्ण, सुमधुर सम्बन्ध रहि आएको छ ।

हामीले आगामी दिनमा पनि विश्वभरीका देशहरुसँग, छिमेकीहरुसँग हामीले आफ्नो सम्बन्धलाई घनिष्ट बनाउँदै लैजाने छौं । र, यसरी हामी नेपाल एउटा शान्तिप्रीय देशको रुपमा, एउटा लोकतान्त्रिक देशको रुपमा विश्वभरी चिनिने अवस्था आउनेछ भन्ने मैले विश्वास लिएको छु । यसमा हामी छलफल अगाडि बढाउँछौं । भर्खरै म कार्यालयमा आएको छु । सचिवज्यूलगायतका टिमहरु त्यसमा संलग्न हुनुहुन्छ । म सबै कुराको बारेमा ब्रिफिङ लिएर अनि त्यसको बारेमा भन्नेछु ।’

त्यस अवसरमा मन्त्रालयका सचिव भरतराज पौड्यालसहित उच्च पदस्थ कर्मचारीहरुले मन्त्री साउदको स्वागत गरेका थिए ।