१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू

प्रदेश संरचना आवश्यक छैन, देश टाट पल्टाउने सेतो हात्ती पाल्नुहुन्न –कमल थापा

प्रदेश संरचना आवश्यक छैन, देश टाट पल्टाउने सेतो हात्ती पाल्नुहुन्न –कमल थापा
अ अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको आर्थिक अबस्था डरलाग्दो रुपमा धरासायी हुने तर्फ गैरहेको तर सत्तासिन दलहरु यसतर्फ उदासिन भएको आरोप लगाएका छन् ।

गम्भीर रुपमा बहस ,छलफल हुनुपर्ने बिषयमा भन्दा सत्ता केन्द्रित फोहरी खेलमा मात्र दलहरु लिप्त हुनु दुर्भाग्यपूर्ण भएको थापाको ठहर छ । आज केन्द्रीय पदाधिकारी र जिल्ला अध्यक्षहरुसङ्गको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले प्रदेश संरचना आर्थिक रुपमा खर्चिलो र बोझ भएको भन्दै यस्तो सेतो हात्ती मुलुकलाई आबश्यक नभएको उनको जिकिर छ ।

थापाले भने –’मुलुकलाई बिदेशीले ऋण पनि नपत्याउने स्थिती छ ,तलब भत्ता खान ऋण लिनुपर्ने भयो ,यस्तो अबस्थामा प्रदेश संरचनालाई निरन्तरता दिन हुदैन, खारेज गर्नुपर्छ ।’  मुलुकमा सबै क्षेत्रमा बेथिति र बिसङ्गती हाबी भएको भन्दै थापाले सस्तो लोकप्रियता र ताली भन्दा यथार्थमा गयर मुलुकको चुनौती समाधान गर्न सबै राष्ट्रबादी प्रजातान्त्रिक र हिन्दुबादी शक्ति एक हुनुपर्नेमा थापाले जोड दिए ।

राप्रपा नेपालले अंगिकार गरेको बैचारिक रोडम्यापले मात्र मुलुकको स्वाधिनता,लोकतन्त्र र आर्थिक समृद्धि हुने भएकोले तल्लो तहमा जान नेता कार्यकर्तामा आग्रह गरे । पार्टीलाई स्थापित गर्न धैर्यता, मेहनत र सक्रियताको आबश्यकता भएकोले उच्च मनोबल सहित संगठन केन्द्रित हुनुपर्नेमा थापाले जोड दिए । बैठकमा महामन्त्री त्रय भाष्कर भद्रा, सुशील श्रेष्ठ र राजाराम बर्तौलाले सचिवालय , प्रशिक्षण र संगठन सम्बन्धी प्रतिबेदन प्रस्तुत गरेका थिए भने । जिल्ला अध्यक्षहरुले जिल्लाको बस्तुस्थितीको बारेमा जानकारी गराएका थिए ।