२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेखर पक्षबाट ३ मन्त्री र एक राज्यमन्त्रीको नाम तय



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसबाट थप ५ जना मन्त्री र एक राज्यमन्त्रीको नाम तय भएको छ । सभापति शेरबहादुर देउवा र शेखर कोइरालाबिच इतर समुहलाई तीन मन्त्री र एक राज्यमन्त्रीको लागि सहमति भएको छ ।

महामन्त्री गगन थापाले प्रदीप पौडेललाई मन्त्री बनाउन दबाब दिएका थिए । तर देउवाले नमानेपछि यसमा गगन असन्तुष्ट रहेको बताइन्छ ।

कोइराला पक्षले कम्तीमा ३ मन्त्री माग गरेका कारण यसअघि शपथग्रहण हुन सकेको थिएन । अब कांग्रेसले थप एक मन्त्रालय पाउँदा शेखर पक्षले ३ मन्त्री र एक राज्यमन्त्री पाउने भएको हो ।

शेखर पक्षबाट उपसभापति धनराज गुरुङ, मोरङ १ का डिगबहादुर लिम्बु र कपिलवस्तु २ का सुरेन्द्र आचार्यले मन्त्री बन्ने भएका छन् । राज्यमन्त्रीमा भने जाजरकोटकी मैना रावल कार्कीको नाम राखिएको बताईएको छ।

यसअघि देउवा पक्षबाट ४ मन्त्री भइसकेका छन् । अब मोहन बस्नेत र एनपी साउद थपिने बताइएको छ । बैशाख १० गते हुने उपनिर्वाचनपछि मन्त्रिपरिषद्ले पूर्णता पाउने बताइएको छ ।




भर्खरै