३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं सिराहाको असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर माईतीघरमा विद्यार्थी संगठनको विरोध प्रदर्शन बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवलशमशेर राणा पर्सामा एक सय किलो गाँजा पक्राउ दुर्गा प्रसाईं राजासंस्था र हिन्दुराष्ट्र कायम गर्ने एजेण्डाका ब्राण्ड हुन्, नयाँ पार्टी उहाँकै नेतृत्वमा अघि… प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली नयाँ वर्षमा माल्टामा उत्सव, तीन स्थानमा सांगितिक कार्यक्रम, पर्यटन प्रवर्द्वनको अपेक्षा



अ+ अ-

काठमाडौं । कला, साहित्य, संगित र संस्कृति देशको पहिचान हो । सभ्यता मनमा बोकेर विदेशीएकाहरु पनि आफ्नो संस्कार र संस्कृतिलाई बचाउन कति मेहनत गर्छन् भन्ने उदाहरण बन्दैछ एनआरएनए माल्टा र त्यहाँका नेपालीहरुले स्थापना गरेका विभिन्न सामाजिक संघसंस्थाहरु ।

युरोपेली मुलुक माल्टामा नेपाली नयाँ वर्ष लागिसकेको छ । माल्टामा रहेका गैरआवासीय नेपालीहरु आउँदो २०८० लाई भब्य बनाउनका लागि जुटिसकेका छन् । आगामी बैशाख १ गते अर्थात् अप्रिल १४ तारिखका दिन माल्टामा एनआरएनएको आयोजनामा सांगितिक कार्यक्रमको भब्य तयारी भएको छ ।

गैर आवासीय नेपाली संघ माल्टाका अध्यक्ष भुवन अर्यालका अनुसार एनआरएनए माल्टासहित तीन संस्थाले फरक फरक दिन विविध कार्यक्रम गरि नेपाली नयाँ वर्ष मनाउँदै छन् । अप्रिल १४ मा साँझ ७ बजे The Water Front Hotel Sliema मा भब्य सांगितिक समारोह हुँदै छ । कार्यक्रमको संयोजन संस्थाका सचिव रामप्रसाद भण्डारीले गर्नेछन् ।

चर्चित गायक धिरज राइ र तुल्सी सिवाकोटीसहितको बेजोड प्रस्तुती रहने उक्त कार्यक्रममा नेपालको कला संस्कृति झल्काउनेगरी कर्यक्रम गरिने छ । माल्टामा रहेका नेपाली समुदायबीच आपसी सद्भाव र एकताको उदेश्यसहित कार्यक्रम राखिएको अर्यालले जानकारी दिए । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

यस्तै अप्रिल १६ मा नेपाल माल्टा च्यारिटी अर्गनाइजेसनले भेलेत्तामा नेपाल डे मनाउँदै छ । कार्यक्रम मार्फत् नेपाली मौलिक कला, साँस्कृतिक रितिरिवाज प्रदर्शन गरिने छ । कार्यक्रमका मार्फत् नेपालको पर्यटन प्रवर्द्वनमा सहयोग पुग्ने एनआरएन अध्यक्ष अर्याल बताउँछन् ।

नेपालको पुरातन संस्कृति र सभ्यतासँग जोडिएका विषय माल्टामा प्रचार हुने भएकाले कार्यक्रमलाई सफल बनाउन एनआरएनए माल्टाले अपिल समेत गरेको अर्यालले जानकारी दिए । कार्यक्रम  Valletta Water Fountain मा साँझ ४ बजे शुरु हुने छ ।

यस्तै अप्रिल २९ मा झापाली समाज माल्टाले पनि चर्चित कलाकार राजेस पायल राई (यो यो) सहितको सहभागितामा सांगितिक कार्यक्रम आयोजना गरेको अध्यक्ष अर्यालले जानकारी दिए । यस अघि विविध सामाजिक काममा सक्रिय झापाली समाजले पहिलो पटक सांगितिक कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम Orpheum Theatre Gzira Malta मा साँझ ६ बजे शुरु हुने छ ।

पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै एनआरएनए माल्टाका अध्यक्ष भुवन अर्यालले सबै कार्यक्रमहरुको आ-आफ्नै उदेश्य रहेको बताउँदै नेपाली समुदायले गरेको कार्यक्रम सबैको साझा भएको बताए । माल्टालाई कर्मथलो बनाएका सबै नेपालीबीच हातेमालोको आवश्यकता रहेको बताउँदै अर्यालले एनआरएनए माल्टाले सबै कार्यक्रम सफल बनाउन साथ दिने बताए ।