• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   आउँदो २०८४ साल सम्म एकीकृत समाजवादी र कलम चिन्ह रहन्छ कि रहदैन थाहा छैन: पूर्वमन्त्री… ★   भारतका प्रधान न्यायाधीश डा चन्द्राच्युड नेपालमा ★   निराश हुनुपर्ने अवस्था छैन: अध्यक्ष ढकाल ★   अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छः दूरसञ्चार प्राधिकरण ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   डर्टमण्डका लिजेण्ड रोएसले सिजनको अन्त्यमा क्लब छाड्ने ★   काठमाडौं महानगरद्वारा न्युरोड क्षेत्रमा गरेको व्यवसाय र घरबहाल कर सम्बन्धि अनुगमन ★   खेलकुद ऐन संशोधन गरिँदै, विद्यमान ऐन नै हुन सकेको छैन पालना ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   आगलागीमा करोडौँको क्षति

कांग्रेसमा लगभग टुंगियो मन्त्री बन्नेहरुको नाम



file photo

काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नेपाली कांग्रेसबाट थप मन्त्री बन्नेहरुको लगभग टुंगो लागेको छ । सत्तारुढ दलहरुबीच भएको भागबन्डामा कांग्रेसलाई ८ वटा मन्त्रालय दिने सहमति भएको थियो । तर पार्टीभित्रै मन्त्री बन्नेहरुमा भागबन्डा नमिलेपछि कांग्रेसले ४ जना मात्र मन्त्री सरकारमा पठाएको छ ।

शेखर कोइराला–गगन थापा समूहले कम्तीमा ३ मन्त्री पाउनुपर्ने अडानबाट पछि नहटेपछि चैत १७ मा सभापति शेरबहादुर देउवाले आफ्ना समूहका चार नेतालाई मात्र मन्त्रिमण्डलमा पठाएका थिए ।

अब बाँकी रहेको चार मन्त्रीको कोटामा उपसभापति धनराज गुरुङ, नेताहरु मोहन बस्नेत, एनपी साउद, डिगबहादुर लिम्बु र सुरेन्द्र आचार्य मन्त्री बन्ने स्रोत बताउँछ ।

साउद र बस्नेत संस्थापन समूहका हुन् । बस्नेतले स्वास्थ्य तथा जनसंख्या मन्त्री दाबी गर्दै आएकाले साउद परराष्ट्र मन्त्री बन्ने सम्भावना रहेको बताइन्छ । यस्तै, डिगबहादुर लिम्बुलाई कानुनमन्त्री बन्न भनिएको छ । कांग्रेसबाट मन्त्री बन्नेहरुको लगभग टुंगो लागेसँगै आजभोलिमै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको नेताहरु बताउँछन् ।