२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसमा लगभग टुंगियो मन्त्री बन्नेहरुको नाम



file photo
अ+ अ-

काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नेपाली कांग्रेसबाट थप मन्त्री बन्नेहरुको लगभग टुंगो लागेको छ । सत्तारुढ दलहरुबीच भएको भागबन्डामा कांग्रेसलाई ८ वटा मन्त्रालय दिने सहमति भएको थियो । तर पार्टीभित्रै मन्त्री बन्नेहरुमा भागबन्डा नमिलेपछि कांग्रेसले ४ जना मात्र मन्त्री सरकारमा पठाएको छ ।

शेखर कोइराला–गगन थापा समूहले कम्तीमा ३ मन्त्री पाउनुपर्ने अडानबाट पछि नहटेपछि चैत १७ मा सभापति शेरबहादुर देउवाले आफ्ना समूहका चार नेतालाई मात्र मन्त्रिमण्डलमा पठाएका थिए ।

अब बाँकी रहेको चार मन्त्रीको कोटामा उपसभापति धनराज गुरुङ, नेताहरु मोहन बस्नेत, एनपी साउद, डिगबहादुर लिम्बु र सुरेन्द्र आचार्य मन्त्री बन्ने स्रोत बताउँछ ।

साउद र बस्नेत संस्थापन समूहका हुन् । बस्नेतले स्वास्थ्य तथा जनसंख्या मन्त्री दाबी गर्दै आएकाले साउद परराष्ट्र मन्त्री बन्ने सम्भावना रहेको बताइन्छ । यस्तै, डिगबहादुर लिम्बुलाई कानुनमन्त्री बन्न भनिएको छ । कांग्रेसबाट मन्त्री बन्नेहरुको लगभग टुंगो लागेसँगै आजभोलिमै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको नेताहरु बताउँछन् ।