• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

खुमलटारविरुद्ध मछिन्द्रको फराकिलो जित, ओलावाले एक्लैले गरे पाँच गोल



काठमाडौं । साविक विजेता मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सानदार जित निकालेको छ ।

च्यासल मैदानमा मंगलबार दिउँसो सम्पन्न खेलमा मछिन्द्रले एफसी खुमलटारलाई ७–३ गोलले पराजित गरेको हो । मछिन्द्रको जितमा आफिज ओलावालेले ह्याट्रिकसहित ५ गोल गरे । यस्तै विमल घर्ति मगर र विजय भुजेलको नाममा एक–एक गोल रह्यो ।

मछिन्द्रको यो तेस्रो जित हो । ८ खेलमा १२ अंक जोडेको मछिन्द्र छैटौं स्थानमा उक्लिएको छ । पाँचौं हार ब्यहोरेको खुमलटार भने ८ खेलमा ७ अंकसहित दशौँ स्थानमा छ ।