२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोरजी’ सेवा आगामी वर्षको सुरुमै शत प्रतिशत पुर्याउने टेलिकमको तयारी



अ+ अ-

काठमाडौँ । नेपाल टेलिकमले ‘फोरजी’ सेवा आगामी वर्षको सुरुमै शत प्रतिशत पुर्‍याउने तयारी गरेको छ । उक्त सेवा अब १४ स्थानीय तहमा पुर्‍याउन बाँकी रहेको प्रवक्ता शोभन अधिकारीले बताउनुभयो ।

“सतहत्तर जिल्लाका सात सय ३९ स्थानीय तहमा विस्तार भएको छ । अति विकट क्षेत्रका १४ स्थानीय तहमा उक्त सेवा पुर्‍याउन बाँकी छ । जसको सम्भाव्यता अध्ययन गरी कार्यान्वयनको काम अघि बढेको छ”, उहाँले भन्नुभयो । फोरजी सेवा हाल ९९ प्रतिशत सम्पन्न भएको र बाँकी जिल्लामा योजना कार्य पूरा गरी कार्यान्वयनको क्रममा रहेको प्रवक्ता अधिकारीले बताउनुभयो ।

मुलुकका सुगमदेखि दुर्गम र विकट स्थानमा एउटै मूल्यमा दूरसञ्चार सेवा उपलब्ध गराउँदै आएको टेलिकमले चौथो पुस्ताको मोबाइल सेवा फोरजी विस्तारको कार्य अघि बढाएको थियो । मोबाइल सेवामा अत्याधुनिक प्रविधि र अतिरिक्त सुविधासहित फोरजी सेवाका लागि आवश्यक परियोजना सुरु गरेको हो । टेलिकमले पहिलो पटक काठमाडौँ र पोखरामा विसं २०७३ पुस १७ देखि फोरजी सेवा सुरु भएको थियो ।

ग्राहकलाई डिजिटल फ्रेमवर्कमा जोड्नका लागि आगामी वर्षमा बाँकी स्थानीय तहमा फोरजी सेवा र अप्टिकल फाइबर पुर्‍याउने काम प्राथमिकताका साथ अगाडि बढाउने प्रवक्ता अधिकारीले बताउनुभयो । देशैभर टेलिकमले विस्तार गर्ने फोरजीको नेटवर्क पाँचौँ पुस्ताको अत्याधुनिक फाइभजी सेवा विस्तार गर्नका लागि पूर्वाधारका रूपमा उपयुक्त हुने टेलिकमले जनाएको छ ।

यस वर्ष टेलिकमले वाइम्याक्सका ग्राहकलाई फोरजी सेवामा स्थानान्तरण गरेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष फोरजी ग्राहकको सङ्ख्या उल्लेखनीय रहेको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । “अघिल्लो वर्षको तथ्याङ्कसँग तुलना गर्दा ग्राहकको सङ्ख्या बढ्दो क्रममा रहेको छ । थप नयाँ सेवा जोड्दै यसलाइै अझ प्रभावकारी बनाउँछौँ”, उहाँले भन्नुभयो । टेलिकमका अनुसार माघ मसान्तसम्म प्रकाशन गरिएको तथ्याङ्कअनुसार दुई करोड ११ लाख ४१ हजार टेलिकमका ग्राहक रहेका छन् । रासस




भर्खरै