८ श्रावण २०८३, शुक्रबार
,
Latest
सरकारका गतिविधिका कारण न्यायिक स्वतन्त्रता जोखिममा रहेको अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाको दाबी प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि रामारोशन गाउँपालिकाका निमित्त प्रमुखको आर्थिक तथा प्रशासनिक अधिकार मन्त्रालयद्वारा रद्द आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र कम्युनिस्टहरू सत्ता केन्द्रित हुँदा वैरीले दीर्घकालीन रणनीति बनाए : प्रचण्ड प्रचण्डको आह्वान– प्रतिक्रान्तिको प्रतिवाद गर्न वामपन्थीले साझा कार्यक्रम बनाउनुपर्छ शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री बाग्मती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने दक्षिण–पूर्व एशियाका स्क्यामिङ सेन्टरबाट ८ सय ६० नेपालीको उद्धार, ४९ जना अझै कम्बोडियाको जेलमा ‘ट्राफिक व्यवस्थापनमा मेट्रो ट्राफिक एफएमको भूमिका प्रशंसनीय’ ट्राफिक एफएम १५ औँ वर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनावकै मुखमा अडियो रेकर्ड सार्वजनिक गरिनु शंकास्पद – रवि लामिछाने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको अडियो चुनावकै मुखमा सार्वजनिक गरिनुमा शंका व्यक्त गरेका छन् ।

चितवन क्षेत्र नं. २ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले तीन महिनासम्म मोबाइलमा राखिएको दुई करोड पैसा मागेको अडियो रेकर्ड चुनावको मुखमा सार्वजनिक गरिएकोप्रति प्रश्न उठाएका हुन् ।

‘चुनावको मुखमा तीन महिना अगाडिदेखि हातमा बसेको, गोजिमा बसेको अडियो रेकर्ड किन ल्याइयो थाहा छैन, तर धन्यवाद छ, अगाडि नै ल्याइदिएको भए अर्कै मान्छेलाई सांसदको रूपमा राख्नुहुन्थ्यो। ढिला भयो।’ उनले भने ।

लामिछानेले पार्टीभित्र देखिने यस्ता कृयाकलापको नियन्त्रणका लागि विधि बनाइएको र सोही विधिअनुसार कारबाही प्रकृया अगाडि बढाइएको बताए । अरू दलमा जस्तो भ्रष्टाचारीलाई पूजा गर्ने बचाउने चलन आफ्नो पार्टीमा नभएको लामिछानेको भनाई छ ।




भर्खरै