• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

सोमवार पनि उठेन सिंहदरबारको फोहोर– तस्बिरहरु



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको निर्देशनपछि आईतवारबाट उठ्न छोडेको सिंहदरबारको फाहोर आज पनि उठ्न सकेको छैन ।

संघ सरकारले आफूलाई नागरिकका समस्या समाधानमा सहयोग नगरेको आरोप लगाउँदै मेयर साहले सिंहदरबार, बालुवाटार र शितलनिवासको फोहोर नउठाउन परिवर्तन सेवा प्रा.लि.का कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।

आईतवार बिहान सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै मेयर साहले सिंहदरबारका नेताहरुलाई सिस्डोलमा डम्पिङ गर्नुपर्ने र आईतवारबाट सिंहदरबारको फोहोर नउठाउने भनेका थिए । उनको सो अभिव्यक्तिपछि राजनीतिक दलका नेताहरुले उनको बिरोध गरेका छन् ।राजनीतिक दलका नेताहरुले जिम्मेवार पदमा बसेर गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै मेयर साहको बिरोध गरेका हुन् ।

आईतवारबाट उठ्न छोडेको सिंहदरबार परिसरको फोहोर सोमवार पनि उठेको छैन । सिंहदरबारबाट फोहोर नउठाएपछि अहिले सिंहदरबारको फोहोर पुतली बगैँचामा थुपारिएको छ । विज्ञहरुले यसलाई संघ सरकार केन्द सरकारबीचको टकराव फोहोरका कारण सिंहदरबारबाट शुरु भएको बताउँदै आएका छन् ।