२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुलिसको पहिलो जित



अ+ अ-

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत नेपाल पुलिस क्लबले पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा सोमबार दिउँसो भएको खेलमा पुलिसले फ्रेन्ड्स क्लबलाई ३–१ ले हराएको हो । विदेशी खेलाडी भित्र्याएसँगै पुलिसले पहिलो जित निकाल्न सफल भएको हो । खेलमा चारै गोल दोस्रो हाफमा भए ।

पुलिसका तर्फबाट मोसेस टुमले ५१ औं मिनेटमा गोल गरे । त्यसपछि बुद्धबल तामाङले ५८ र ९० औं मिनेटमा दुई गोल गरे । फ्रेन्ड्सका लागि एक मात्र गोल टोरिक जेबरिनले ८७ औं मिनेटमा गरे ।

पुलिसले यो नतिजासँगै चार अंक जोडेको छ । चारै अंक रहेको फ्रेन्ड्स तालिकाको पुछारमा रहेको छ । दुबै टोली तालिकाको अन्तिम दुई स्थानमा छन् ।

सोमबार नै दशरथ रंगशालामा भएको अर्को खेलमा एपीएफ र चर्च ब्वाइजले गोलरहित बराबरी खेलेका छन् ।