२४ भाद्र २०८३, बुधबार
,
Latest
पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुलिसको पहिलो जित



अ+ अ-

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत नेपाल पुलिस क्लबले पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा सोमबार दिउँसो भएको खेलमा पुलिसले फ्रेन्ड्स क्लबलाई ३–१ ले हराएको हो । विदेशी खेलाडी भित्र्याएसँगै पुलिसले पहिलो जित निकाल्न सफल भएको हो । खेलमा चारै गोल दोस्रो हाफमा भए ।

पुलिसका तर्फबाट मोसेस टुमले ५१ औं मिनेटमा गोल गरे । त्यसपछि बुद्धबल तामाङले ५८ र ९० औं मिनेटमा दुई गोल गरे । फ्रेन्ड्सका लागि एक मात्र गोल टोरिक जेबरिनले ८७ औं मिनेटमा गरे ।

पुलिसले यो नतिजासँगै चार अंक जोडेको छ । चारै अंक रहेको फ्रेन्ड्स तालिकाको पुछारमा रहेको छ । दुबै टोली तालिकाको अन्तिम दुई स्थानमा छन् ।

सोमबार नै दशरथ रंगशालामा भएको अर्को खेलमा एपीएफ र चर्च ब्वाइजले गोलरहित बराबरी खेलेका छन् ।