४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

पञ्जावबाट पक्राउ परे अमृतपाल सिंहका सहयोगी पापलप्रित सिंह

पञ्जावबाट पक्राउ परे अमृतपाल सिंहका सहयोगी पापलप्रित सिंह
अ+ अ-

एजेन्सी । भारतमा ‘खालिस्तान’ राज्यको छुट्टै माग गर्दै अभियान चलाएको आरोपमा प्रहरीले खोजी गरिरहेका अमृतपाल सिंहका निकटतम सहयोगी पापलप्रित सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई होशियारपुरबाट पक्राउ गरिएको हो । प्रहरी स्रोतका अनुसार उनी अमृतसरको आफ्नो गाउँमा आत्मसमर्पण गर्न चाहन्थे, तर त्यसअघि पञ्जाब पुलिस र काउन्टर इन्टेलिजेन्सले संयुक्त अभियानमा उनलाई पक्राउ गर्यो ।

पापलप्रित मार्च १८ मा अमृतपालसँगै फरार भएका थिए । यसपछि उनी छायाँ जस्तै बनेर अमृतपालसँगै हिँडिरहेका थिए । पापलप्रित र अमृतपाल फरारपछि हरेक पटक सँगै देखिएका थिए । पटियाला, कुरुक्षेत्र र दिल्लीमा सँगै बसेको सीसीटीभी फुटेज सार्वजनिक भएको छ । यस बाहेक दुबैको इनर्जी ड्रिंक पिउदै गरेको सेल्फी पनि भाइरल भएको थियो ।

प्रहरी स्रोतका अनुसार पापलप्रितले अमृतपाललाई सरबत खालसा (सिखहरूको धार्मिक भेला) बोलाउन अपील गर्न भनेका थिए । यसका लागि उनले अकाल तख्तका जथेदारलाई दबाब दिन सुझाव पनि दिएका थिए ।

पापलप्रित अमृतसरको मजिठा हलकेको मर्दी कलान गाउँकी बासिन्दा हुन्। उनकी आमा सरकारी शिक्षक थिइन् र बुबा कृषिमा संलग्न छन् । २०१७ मा, पापलप्रीत ‘वारिस पञ्जाब दे’मा सामेल हुनुअघि सिमरनजीत सिंह मानको समर्थक खालिस्तान पार्टीमा सामेल भए । यसबाहेक उनी आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा लगातार खालिस्तान आन्दोलनको प्रचार गर्थे ।

अमृतपाल सिंह मार्च १८ देखि फरार छन् । पञ्जाब प्रहरीले उनीविरुद्ध एनएसए (राष्ट्रिय सुरक्षा ऐन) अन्तर्गत मुद्दा दर्ता गरेको छ । अमृतपाल प्रहरी घेरालाई चकित पारेर जालन्धरको शाहकोटबाट भागेका थिए । त्यसपछि प्रहरीले पञ्जाव, हरियाणा, उत्तर प्रदेश र उत्तराखण्डमा उनको ठेगाना पत्ता लगाएको थियो । यद्यपि उनी अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् ।

पञ्जाव प्रहरीले अनुसन्धानमा अमृतपालले खालिस्तान बनाउने योजना बनाएको दाबी गरेको छ । उनका बन्दुकधारी गोरखा बाबाबाट प्रहरीले कथित मुद्रा, झण्डा र खालिस्तानको नक्सा पनि बरामद गरेको थियो । यस बाहेक अमृतपालले आनन्दपुर खालसा फौज (एकेएफ) नाममा निजी सेना पनि बनाएका थिए, जसलाई उसले आफ्नो गाउँ जल्लुपुर खेडाको फायरिङ रेन्जमा अवकाशप्राप्त सैनिकहरूलाई गोली चलाउने तालिम पनि दिइरहेको थियो । उनको बन्दुकधारी गोरखा बाबाको मोबाइलबाट प्रहरीले यसको भिडियो पनि बरामद गरेको छ ।